citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

आशा र स्वरोजगार लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । आशा र स्वरोजगार लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ । आशा लघुवित्तको बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १५ सय १९ रुपैयाँ ९२ पैसा निर्धारण गरेको छ ।

नेप्सेले बैंकको २५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १.३१५ नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्दैछ ।

त्यस्तै, स्वरोजगार लघुवित्तको बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १२ सय ७२ रुपैयाँ निर्धारण गरेको छ । नेप्सेले बैंकको २५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।

कम्पनीले २०७७/०७८ को नाफाबाट २५ प्रतिशत बोनस सेयर वितरण गर्दैछ । दुवै कम्पनीको सभा कात्तिक २७ गते बस्दैछ । सभा तथा लाभांश प्रयोजनको लागि दुवै कम्पनीले आज कात्तिक १२ गते बुक क्लोज गरेका छन् ।

gold
himalayan life insurance long ad