citizens life insurance long ad
stcnepal long ad

सेयरको दोस्रो बजारमा खेल्न जान्नु पर्छ

Nimb long ad
Prabhu Insurance Long Ad

सेयर बजारको पहिलो बजार आईपिओमा लगानी गर्न धेरै सहज छ। कुनै जोखिम छैन,मुनाफै मुनाफा छ। तर सेयर पर्नु पर्छ। आईपिओको सेयर पर्नु भाग्यको कुरा पनि हो। सेयरको दोस्रो बजारमा प्रवेश गर्दा भने पाइलै पिच्छे केही ठुलाठुला जोखिम र धेरै फाइदै फाइदा छन।

सेयरको दोस्रो बजार सर्प र भर्याङ भएको लुडो खेले जस्तै हो। कतिबेला भरयाङ उक्लिएर एकैछिनमा लाखौं कमाउन सकिन्छ,कतिबेला गेमओबर हुन लागेकै बेला सर्पले छेरेर तल पुगि लाखौं गुमाउन पनि सकिन्छ। तर पनि अनुपातमा ८०–९० प्रतिशत लाभ नै हुन्छ। त्यसैले सेयर लगानी गर्नु अघि यसका आधारभूत ज्ञान हासिल गर्ने,लगानी गर्ने कम्पनीको वित्तीय ज्ञान हुन आवश्यक छ।

सेयर बजारमा अहिले सानो लगानी गर्ने पैसाको कुनै अभाव भएको देखिदैन। सेयरको दोस्रो बजारमा एक– दुई लाखको सानो पुँजी लगानी गरेर पनि केही महिनामै दशौं लाख आम्दानी गर्न सकिन्छ। आफ्नो बचत हुने रकम सेयरमा लगानी गरेर राम्रो आम्दानी गर्न सकिने क्षेत्र हो,सेयर लगानीको दोस्रो बजार।

ऋण लिएर लगानी गर्दा चाहिँ कहिले काहीँ लामो समयसम्म सेयरको भाउ घटिरहयो र आफुले सेयर होल्ड गरेर राख्न नसक्ने अवस्था आयो भने घाटा खाएर बेच्नपर्ने अवस्था हुन सक्छ। यस्तो अवस्थामा घाटा खानुपर्ने जोखिम हुन्छ।बैंकको व्याज पनि तिर्नुपर्ने हुन्छ।

अन्यथा सेयर बजारमा घाटा छैन,मुनाफा नै हुन्छ। होल्ड गरेर एक वर्ष राख्न सक्यो भने बैंकको व्याजदर भन्दा दोव्वर नै मुनाफा गर्न सकिन्छ। सेयरमा लगानी गर्न आजकल मानिससँग एक( दुई लाख जोसँग पनि छ। राम्रो कम्पनीमा आईपीओ खुल्यो भने ५० अर्बसम्म लगानी पर्ने स्थिति विधमान छ।

बजारमा लगानीका लागि करिव तीन सय अर्ब तरलता सधै भैरहेको देखिन्छ तर मुनाफा हुन्छ,पाइन्छ भन्ने विश्वासिलो आधार देखिनु मात्र पर्दछ। बैंकहरुसँग पनि लगानी गर्ने अहिले पैसा नभएको होइन तर ठुलो र दिर्घकालीन लगानी गर्न मात्र पर्याप्त तरलता नभएको हो । उर्जा,सिमेन्ट,पर्यटन पुर्वाधार निर्माणमा लगानी गर्ने रकम नभएको मात्र हो।

हिमालयन बैंक लि. र नेपाल इन्भेस्टमेन्ट बैंक लि.मा अहिले पनि २५–२५ अर्ब पैसा छ तर ठुला र दिर्घकालीन लगानी गर्नलाई छैन भनिन्छ।

सीडी रेसियोले बैंकहरुलाई ठूलै झट्का दिएको छ। बैंकहरुले स्वीकृत भएको कर्जा पनि दिएका छैनन। सेयर खरिद लोन पास गरेर किनेको सेयर पनि बैंकले पैसा नदिएपछि पुनः बेच्नुपर्ने स्थिति छ।

यो सीडी रेसियो हटाएमा बैंकहरुमा झन्डै ५० अर्ब लगानीयोग्य रकम हुनेछ। नेपाल राष्ट्र बैंकले यति गर्दिएमा सेयर बजार पनि चलायमान हुने थियो।

अहिले मितेरी डेभलपमेन्ट बैंकमा फसेको गुनासो कसैकसैले गर्दै छन। यो बैंकको ७२० रुपैयाँमा किनेको सेयर बढेर ८१५ रुपैयाँसम्म पुगेको थियो। अहिले घटेर ६५० रुपैयाँ नजिक आइपुगेको छ।

प्रति सेयर ९५ रूपैयाँ बढेको बेला नबेचेर अरू बढला भनेर राख्दा ती ग्राहक अहिले प्रति सेयर ७० रूपैयाँ घाटा खान बाध्य छन। लगानीकर्ता र सेयर विश्लेषकहरू भन्छन( बजार बढ्न थालेपछि फेरि बढ्ने भनेको हाइड्रो, डेभलपमेन्ट बैंक र फाइनान्स कम्पनीहरू नै हुन।

अहिले ब्रोकर कम्पनीहरूमा लगानीकर्ताको उपस्थिति राम्रै छ। लगानीकर्ताहरू यतिबेला पर्ख र हेरको अवस्थामा छन। एक पुराना लगानीकर्ताले अघिल्लो बुलमा भूकम्पपछि पसेको थिएँ, अहिले प्रसस्त नाफा गरेका छन। दोस्रो बजारका लगानीकर्ताहरू भन्छन – ‘यो बजारमा घटेको बेला पस्न र बढेको समयमा निस्कन जान्नुपर्छ।’

बेष्ट फाइनान्स र जानकी फाइनान्सको सेयर किनेकाहरूको सेयर मूल्य बढ्न त बढ्यो तर खातामा आएन।’ यस्ता समस्या पनि छन। दसैं अगाडि नबिल बैंक लगायतका केही कम्पनीको सेयर किनेकाहरूले नबिलमा फाइदा पाए तर अरु सेयरको भाउ घटेकाले नोक्सानमा परेका छन ।
यसैले सेयर बजारमा घटबढ हुने क्रम अहिले जारी नै छ। लगानीकर्तामा अन्यौलकै वातावरण देखिन्छ।

पुराना भन्दा धेरै नयाँ लगानीकर्ताहरू भन्छन( पस्यो कि फस्यो, यस्तै रहेछ सेयर बजार१’ अहिले सेयर ब्रोकर हाउसमा पनि बढी नयाँ लगानीकर्ता देखिन्छन ।

नयाँ लगानीकर्ताहरूले हचुवा र लहैलहैको भरमा लगानी गर्दा फसेका वा केही गुमाएका पनि छन। तर केही समय पर्खिने हो भने उनीहरूले राम्रो कमाउन सक्छन। अध्ययन गरेर नै हेर्ने हो भने नेपालको सेयर बजार र ब्याजदरमा प्यारलाल सम्बन्ध हुन्छ। ब्याज बढेको समयमा पनि नेपालको सेयर बजार बढेको देखिन्छ।

 

IME Life
kumari