citizens life insurance long ad
stcnepal long ad
national life

लस्कर फुड्सले कर्पोरेट लन्च अफर

Prabhu Insurance Long Ad

काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्स प्रा. लि. ले आकर्षक ’कोर्पोरेट लन्च अफर’ ल्याएको छ। लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो।

ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घर(घररकार्यालयमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ। लस्कर फुड्सले हाइजेनिक किचेनको अबधारणालाई अघि सारेर कर्पोरेट लन्च अफर ल्याएको हो।

काठमाण्डौं उपत्यकाका कार्यालय अफिसलाई मध्यनजर गरी समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुडसले लिएको कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन वस्तीले बताए।

लस्कर फुडस यस अफरसँगै अरु विभिन्न अफर समेत ल्याएको छ। हाललाई खाना खाजा अर्डर गर्दा २५ प्रतिशत छुट पाउने लस्कर फुडसले जनाएको छ। लस्कर फुडसले विभिन्न समयमा अनलाइन फुड प्रतियोगिता समेतको आयोजना गरेको थियो।

लस्कर फुड्सको प्रमुख आकर्षण नै गुणस्तरीय खानेकुरा अनलाइन मार्फत घरघर अफिसमै उपलब्ध गराउने लक्ष्य रहेको छ। तोकेको समय सीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नुनै लस्कर फुड्सको प्रमुख उद्देश्य हो।

काठमाण्डौं उपत्यकावासी व्यस्त हुने र अनलाइन ई–कमर्स, फुड डेलिभरीप्रति आमनागरिकको आकर्षण बढ्दै गएपछि लस्कर फुडसले कर्पोरेट लन्च अफर अघि सारेको छ। बजारमा दर्जनौं फुड डेलिभरी प्लेटफर्म रहे पनि लस्कर फुड्स तिनीहरुभन्दा भिन्न रहेको लस्कर फुडसका प्रमुख कार्यकारी अधिकृत वस्तीको दाबी छ।

प्रभु–पे, ई–सेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट विल तिर्न मिल्ने ब्यबस्था रहेको छ। ठमेल पकनाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सीधै फोन गरेर ०११–४७००५५४/४७००५५३ वा ९८८६५३८२६० कोर्पोरेट लन्च अफरका बारेमा बुझ्न सकिने वस्तीले बताए। लस्कर फुड्स अनुप्रयोग (एप) बाट आफूलाई मन पर्ने खाना खाजा मगाउन पनि सकिने उनले बताएका छन्।

himalayan life insurance
igi long