बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन गर्न आफ्नो ग्राहकलाई उपहार दिन नपाउने
बैंक तथा वित्तीय संस्थाले ग्राहकबाट निक्षेप संकलन गर्नको लागि सुन, चाँदी, हिरा, मोबाइल, मोटरसाइकल लगायतको जिन्सी उपहार दिंदै आएका थिए
Nepal Rastra Bank
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन गर्न आफ्नो ग्राहकलाई कुनै पनि उपहार दिन वा उपहार योजना संचालन गर्न नपाउने भएका छन्।
बैंक तथा वित्तीय संस्थाले ग्राहकबाट निक्षेप संकलन गर्नको लागि सुन, चाँदी, हिरा, मोबाइल, मोटरसाइकल लगायतको जिन्सी उपहार दिंदै आएका थिए। राष्ट्र बैंकले एकीकृत निर्देशिका मार्फत् यसमा रोक लगाइ दिएको हो ।
साथै नयाँ प्रावधान अनुसार विभिन्न प्रकारका बचत खाताहरुमा ब्याज दरमा अन्तर दुई प्रतिशतभन्दा बढी राख्न रोक लगाइएको छ । त्यस्तै गरी, बैंक तथा वित्तीय संस्थाहरुलाई कुनै पनि प्रकारको वित्तीय सेवाहरु एकपक्षीय रुपमा ग्राहकको लिखित अनुमति बिना प्रदान गर्न समेत रोक लगाएको छ।
यदि कुनै सेवा शुल्क ग्राहकको लिखित अनुमति बिना कट्टा गरिएको छ भने यस्तो शुल्कवापतको रकमको अतिरिक्त १० प्रतिशत ग्राहकको खातामा जम्मा गर्नु पर्नेछ ।
यो प्रावधानले विभिन्न शीर्षकहरु अन्तर्गत बैंकहरु र वित्तीय संस्थाहरुद्वारा शुल्क लिने गलत अभ्यासमा अंकुश लगाएको छ।























