stcnepal long ad
global ime bank long

सुरुङ निर्माण सम्वन्धि तालिम दिइने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। नागढुंगा– नौविसे सुरुङमार्ग आयोजनाले तिहार लगत्तै ५० बढी इन्जिनियरलाई सुरुङमार्ग सम्वन्धि तालिम दिने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका इच्छुक इन्जिनियरलाई सुरुङमार्ग सम्वन्धी तालिम दिने भएको छ। साइट क्याम्पको कक्षामै राखेर पढाउने र काम नै गराएर तालिम दिइनेछ।

अहिले नेपालमा एक जना पनि सुरुङसँग सम्वन्धित इन्जिनियर छैनन्। अहिले पाइपलाइनमा दुई दर्जन सुरुङमार्ग भएपनि इन्जिनियर नहुँदा समस्या भइरहेको छ।

नागढुंगा – नौविसे सुरुङमार्ग निर्माण आयोजना प्रमुख नरेशमान शाक्यका अनुसार केही महिना पहिले नै तालिम दिने योजना बनाएको भएपनि कोरोना कारण सुरु हुन सकेन। तिहार लगत्तै एउटा टोलीबाट तालिम सुरु हुने उनले बताएका छन।

यो सुरूङ मार्गमा टनेल मात्रै निर्माण हुँने छैन, सुरुङमार्ग निर्माणका लागि नेपाली सुरूङ इन्जिनियर पनि तयार पार्न लागेको छ।

निर्माण कम्पनी र आयोजना मिलेर तालिम दिदैछ। गुणस्तर अनुसन्धान तथा विकास केन्द्रको समन्वयमा निर्माण कम्पनी हाज्मारआन्दो कर्पोरेशनका प्राविधिकहले तालिम दिनेछन्।

अहिले पनि आयोजनामा १५० जना नेपाली प्राविधिकले काम गरिरहेको आयोजनाले जनाएको छ। सव कन्ट्रयाक्टर, जापानी निर्माण कम्पनीमा पनि नेपालीले काम गरिरहेका छन्।

आयोजना पुरा हुँदा २ सय बढी इन्जिनियर सुरुङमार्ग निर्माण गर्न सक्ने हुनेछन। दक्ष र अर्धदक्ष दुवै जनशक्ती तयार हुनेछन।

५० जना इन्जिनियरलाई तालिम दिइने छ। दुई समूहलाई एउटै खालको तालिम दिइनेछ। सुरुङमार्ग व्यवस्थापन, जियोटेक्निकल, स्ट्रक्चर लगायत विभिन्न क्षेत्रमा तालिम दिइनेछ। सुरुङमार्गभित्र आउने समस्या व्यवस्थापनको विषयमा समेत तालिम दिइनेछ। सुरुङमार्ग सम्वन्धी सबै खालका विषयमा तालिम दिन लागिएको हो।

अहिले जापानी प्राविधिकसँग काम गर्दा नेपाली इन्जिनियर धेरै कुरामा फेलिमिलियर भएका छन्। त्यहाँ नेपाली इन्जिनियरहरुले खरिद, आयोजना व्यवस्थापन,क्वालिटी कन्ट्रोल लगायतमा विषयहरु ह्याण्डिल गर्न सक्नेछन।

त्यहाँ नेपाली इन्जिनियरहरूको उदेश्य सुरुङमार्गको सबै विषयमा काम गर्न सक्ने एउटा टिम तयार पार्ने पनि हो।

५० बर्ष अघि नै सुरुङमार्ग निर्माणको अवधारणा नेपालमा आएको भएपनि भर्खरै कार्यान्वयनमा जान थालेको छ। पहिले लगानी गर्न सक्ने अवस्था नै थिएन। डिजाइन र अन्य विषयलाई जष्टिफाइ नै गर्न सकिने अवस्था थिएन।

मेगा प्रोजेक्टमा हाम फाल्दा असफल भए जोखिम कसले लिने भन्ने थियो। अहिले नेपाली इन्जिनियरहरूको आत्मविश्वास बढेको छ। आयोजनाहरु पनि प्राविधिक र वित्तिय हिसावले जष्टिफाइ गर्न सक्ने भएका छन।

यो सुरुङमार्ग आयोजना नेपालका लागि महत्वपुर्ण रहेको छ। नागढुङगा – नौविसे सुरुङमार्ग पुरा भएका दिन एउटा नयाँ आयोजना मात्रै थपिदैन। देशमा सयभन्दा बढी सुरुङमार्ग निर्माण गर्न सक्ने प्राविधिक जनशक्ती पनि तयार हुनेछन्। हाम्रो देशमा अब ठुलो सम्भावना बोकेको क्षेत्र सडक सुरुङमार्ग हुदैछ।

जापान सहयोग नियोग (जाइका) को सहुलियत ऋण सहयोगमा निर्माण भैरहेको आयोजनाको २२ प्रतिशत काम सकिएको छ। सुरुङमार्गको चन्द्रागिरी नगरपालिका वडा १ स्थित टुटिपाखामा काठमाडौंतिरको पोर्टल छ। धुनिवेशी नगरपालिकास्थित सिस्नेखोला धादिङतिरको पोर्टल छ। यो सुरुङमार्ग २.७ किमी रहेको छ। अहिले निर्माणको काम धमाधम चलिरहेको छ।

IME Lifesidebar
kumari