stcnepal long ad
ime life insurance
national life
global ime bank long

मन्त्रीमण्डल बिस्तार

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले गत २०७८ असार २९ गते गठन भएको मन्त्रीमण्डललाई चौथो पटक बिस्तार गरि २२ मन्त्री र ३ राज्यमन्त्री सहित हेरफेर समेत गरेका छन।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री देउवाको नेतृत्वमा गठित मौजुदा मन्त्रिपरिषद नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रीहरूको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञाप्तीमा उल्लेख गरिएको छ ।

२०७८ असार २९ गते गठित मन्त्रिपरिषद्‍को आजको विस्तारले नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी भित्रको आन्तरिक कलह भने बढ्ने संकेत पाइएको छ । मन्त्री सिफारिस गर्दा पार्टी भित्रको राजनीतिक सन्तुलन कायम नगरिएको गुनासो सुनिन थालेको छ ।

साथै वरिष्ठ नेताहरूको मन्त्री बन्ने चाहनामा ठेस पुगेका कारणले गर्दा माओवादी केन्द्र र जसपाभित्र आन्तरिक कलह चर्किने संकेतहरू पाइएको हो ।

प्रधानमन्त्री देउवाले बाध्य भएर प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराका जेठान गजेन्द्र बहादुर हमालको माग अनुसार नै उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्री बनाएका छन्। उनी छ महिना मन्त्री हुन पाउने छन।

 

No description available.

No description available.

IME Lifesidebar
prabhu mahalaxmi
kumari