kumari bank
Prabhu Insurance
stcnepal long ad

सुजाता रामचन्द्र र डा. शशांकसँग रुष्ट

काठमाडौं । नेपाली कांग्रेसकी वरिष्ठ केन्द्रीय सदस्य तथा पुर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालाको साथ छोडेको घोषणा गरेकी छिन् । मन्त्रिपरिषद्ले पूर्णता पाएपछि मन्त्री हुन नपाएकी दिन सुजाताले वरिष्ठ नेता पौडेल र महामन्त्री डा. कोइरालाले कांग्रेस चलाउन नसक्ने बताएकी छिन् ।

‘रामचन्द्रजी र शशांकबाट यो पार्टी चल्न सक्दैन । उहाँहरूमा ईर्श्या, घमण्ड, अहंकार र स्वार्थभन्दा केही देखिएन । अब उहाँहरुलाई मेरो साथ रहदैन’, सुजाताले प्रेससँग प्रतिक्रिया दिदै भनेकी छिन ।

आफूलाई मन्त्रिपरिषदमा सहभागी नगराउने कुरा तीन महिना पहिले नै थाहा भएको भन्दै सुजाताले कांग्रेसभित्र धोकाको राजनीति गर्नेले पार्टी चलाउन नसक्ने बताइन् । ‘रामचन्द्रजी कहिल्यै फस्टम्यान हुने मान्छे होइन ।

उहाँले कांग्रेसलाई सधैँ विभाजित गर्नुभएको छ । डा।शशांकले पनि महामन्त्रीमा पर्फमेन्स दिन सकेनन् । अब यी दुवैजनालाई मेरो सहयोग हुँदैन’, सुजाताले भनेकी छिन् ।

अब कसलाई साथ दिने रु भन्ने जिज्ञासामा नेतृ सुजाताले पार्टीभित्र सबैसँग छलफल गरेर निर्णय लिने बताइन । ‘कसलाई साथ दिने छलफल गर्नै बाँकी छ । यत्ति हो रामचन्द्र र डा।शशांकसँग अब म छैन’, उनले भनेकी छिन् ।


२२ असोज २०७८, शुक्रवार १७:०२ बजे प्रकाशित

nabil bank