citizens life insurance long ad
stcnepal long ad

आइएमई मोटर्सको जितपुर र नवलपरासीमा शाखा समुद्घाटन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि ले २ वटा शाखा समुद्घाटन गरेको छ । जितपुर बारास्थित थ्रि एस सेटअप र सर्दी नवलपरासी पूर्वमा अवस्थित २
एस सेटअपको एक कार्यक्रमबीच समुद्घाटन गरीएको हो ।

यी शाखाहरूबाट सुविधा सम्पन्न शाखाबाट अशोक लेलैण्ड गाडीहरुका लागी सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुने जानकारी दिएको छ ।

दुई वटै शाखाको समुदघाटन नेपाल उधोग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष  चन्द्रप्रसाद ढकाल, भारतको दोस्रो ठूलो अटोमोबाइल कम्पनी अशोक लेलैण्डका सार्क हेड सुजन रोय साथै जिल्लाका बिशिष्ट व्यक्तिहरुको उपस्थितिमा संयुक्त रुपमा रिबन काटी उद्घाटन गरिएको हो ।

उद्घाटनका क्रममा ग्रुपका अध्यक्ष ढकालले “अशोक लेलैण्डमा गरेको लगानीले भविष्यमा राम्रो
प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेको जानकारी दिनुभयो ।

यस क्षेत्रका ग्राहकहरुले ढुक्क भएर अशोक लेलैण्ड गाडीहरुमा लगानी गर्न अनुरोध गर्दै बिक्री पछिको सेवाको लागि जस्तो सुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्घता ब्यक्त गर्नुभयो.।

नेपालका लागि अशोक लेलैण्ड गाडीको एकमात्र अधिकृत बिक्रेता आइएमई मोटर्सले प्रदेश नं २ र लुम्बिनी प्रदेश अवस्थित शाखाको विस्तारले ग्राहकहरुलाई थ्रि–एस (सेल्स, सर्भिस र स्पेयर्स ) साथ सम्पूर्ण सेवाहरुको पूर्ण सुविधाप्रदान गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

सोही कार्यक्रममा अशोक लेलैण्ड भारतका सार्क अन्तर्राष्ट्रिय व्यापार प्रमुख  सुजन रोयका अनुसार अशोक लेलैण्ड हिन्दुजा समूह अन्तर्गतको ७३ बर्ष पुरानो भारतको दोश्रो ठूलो कमर्शीयल गाडी निर्माता कम्पनी भएको र आइएमई मोटर्ससँगको सहकार्यमा नेपालमा अशोक लेलैण्डको आक्रमक बजार बिस्तार गर्ने उद्देश्य रहेको जानकारी गराउनु भयो ।

आइएमई ग्रुप सन्२००१ मा स्थापना भएको हो । बैंकिङ्ग, इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सुचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।

आइएमई मोटर्सलेट्रक टिप्पर, स्कुल बस सहित साना तथा ठुला कमरसियल गाडीहरु बिक्रि वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागी प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउदै आएको छ ।

समुद्घाटन गरीएको जितपुर र सर्दी शाखा बाहेक थप ९ शाखाबाट सेल्स, सर्भिस र स्पेयर पार्टसको सुबिधा पनि दिदै आएको कम्पनीले जनाएको छ ।

IME Life
kumari