citizens life insurance long ad
stcnepal long ad

दिदी बहिनी कृषक समूहलाई हिमालयन बैंकको सहयोग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंक लिमिटेडले उदयपुर जिल्ला, चौडण्डीगढीको कटरवोटेमा रहेको “दिदी बहिनी कृषक समूह” लाई फोटोकपी सहितको एक थान प्रिन्टर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग हस्तान्तरण गरेको हो ।

उक्त समुहले करिब एक दशक देखि त्यस क्षेत्रका थप्रै कृषक समूह गठन गरी विभिन्न कृषि तालिम प्रदान गर्दै आइरहेको छ ।

सो स्थान निकै नै विकट स्थानमा रहेको हुँदा तालिमका लागि आवश्यक कागजातहरु समेत छप्न निकै समस्या भएकोले गर्दा समाज सेवी समूहको आवेदन अनुसार दिदी बहिनी कृषक समूहलाई सो प्रिन्टर प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकका तर्फबाट बैंकका महाप्रबन्धक अनुप मास्केले दिदी बहिनी कृषक समूहका सचिव डा. निर्मला थापालाई एक समारोह बिच उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

IME Life
kumari