stcnepal long ad
global ime bank long

प्रेस काउन्सिल पत्रकार पुरस्कारको घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रेस काउन्सिल नेपालले आफ्नो स्थापना दिवसको अवसरमा असोज ६ गते बिभिन्न पत्रकारहरुलाई पुरस्कृत गर्ने भएको छ । प्राप्त जानकारी अनुसार प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कारबाट विमल गौतम र दुर्गालाल के.सी पुरस्कृत गरिने भएको छ ।

त्यसैगरी प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार लक्की चौधरीलाई प्रदान गर्न लागिएको छ । प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार ७ जना पत्रकारलाई वितरण गरिने भएको छ ।

उक्त पुरस्कार प्राप्त गर्ने सूचीमा माधव नेपाल, विन्दुकान्त घिमिरे, गोविन्दप्रसाद चौलागाई, रामानन्द गुप्ता, वासुदेव शर्मा बबिन, सुशिल अर्याल र रमेश ढुंगेल रहेका छन् ।

त्यसैगरी प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारका लागि घनश्याम खड्का, उर्वशी बस्नेत न्यौपाने, एलपी देवकोटा, जीवन सेजुवाल, मेघराज खड्का, केसी लामिछाने, देवेन्द्र बस्नेत, देवचन्द्र भट्ट, चुडामणि लिम्बु, भगवती थापा, शिवकुमार रिजाल, रमेश खतिवडा, जगन्नाथ दुलाल र तिर्थ जैसीको नाम छनोट गरिएको बुझिन आएको छ ।

प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कारका लागि अन्तरध्वनी साहित्यिक त्रैमासिक छानिएको र पत्रकार आचार संहिता पुरस्कारबाट हिमालय टाइम्सका उज्वल शर्मा पुरस्कृत हुने भएका छन् ।

प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कारका लागि रुपा गहतराज, जमुना वर्षा शर्मा र अञ्जु कार्कीको नाम सिफारिस भएको छ ।

त्यसैगरी प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कारका लागि रोहित राई, अनन्त अनुराग महतो र करन ताम्राकार छनोटमा परेका छन् ।

काउन्सिलको सबैभन्दा ठूलो पुरस्कार गोपालदास श्रेष्ठ पत्रकारिता पुरस्कार भने अमेरिकामा बस्दै आएका र पत्रकारिता कर्मबाट अलग भइसकेका भारतदत्त कोइरालाई प्रदान गर्ने सिफारिस भएको छ । त्यसैगरी सुरेन्द्र बस्नेत पुरस्कार पोखराका पत्रकार बद्रि बिनोद प्रतिकलाई दिने  निर्णय काउन्सिलले गरेको बुझिन आएको छ ।

 

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

 

IME Lifesidebar
kumari