citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एमालेले विधान अधिवेशनको लोगो बनायो

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । नेकपा (एमाले) ले विधान महाधिवेशनको लोगो आज सार्वजनिक गरेको छ । आगामी असोज १५–१७ गते ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना गर्दैछ ।

एमालेले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको पनि टुंगो लगाइ सकेको छ । स्थायी कमिटीको हालै बसेको बैठकले करिब तीन हजार प्रतिनिधिको टुंगो लगाएको थियो,प्रतिनिधित्वको मापदण्ड बनाएको थियो ।

विधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिहरूमा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य, अनुशासन आयोगका पदाधिकारी र सदस्य, लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य, निर्वाचन आयोगका पदाधिकारी र सदस्य, केन्द्रीय विभागका सचिवसहित १५ सदस्य, सल्लाहकार परिषदका पदाधिकारी र सदस्य, जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्य रहेका छन् ।

यसैगरि प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य, विशेष कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटीका पदाधिकारी र सदस्य, निर्वाचन क्षेत्रबाट महिला, दलित खुला एक सदस्य, जनसंगठनका पदाधिकारी मध्येबाट जना,पार्टी सदस्य रहेका संघीय संसदका सदस्य, पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य, एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख प्रतिनिधिका रूपमा सहभागी हुनेछन । एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत सदस्य मनोनीत रहने छन् ।

 

himalayan life insurance
igi long