stcnepal long ad
ime life insurance
national life
global ime bank long

देवः विकास बैंकले बोनस सेयर दिने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad
आर्थिक सञ्जाल सोमबार,३ चैत्र २०७६
काठमाडौं ।  देवः विकास बैंकले बोनस सेयर घोषणा गरेको छ । बैंकको फागुन ३० गते बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई ८.५५% बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट हाल कायम चुक्ता पुँजीको २७ लाख १६ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित बोनस नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
हाल यस बैंकको चुक्ता पुँजी ३ अर्ब १७ करोड ७१ लाख रुपैयाँ रहेको छ । देवः विकास बैंकले आर्थिक वर्ष २०७४/०७५ मा ५.५% बोनस सेयर दिएको थियो । यस आधारमा लाभांश दर वृद्धि भएको देखिन्छ । देवः विकासले कुमारी बैंकसँग एक्विजिसनमा जाने सम्झौतामा हस्ताक्षर गरिसकेको छ । फलस्वरुपः गत माघ २ गतेदेखि यस बैंकको दोस्रो बजारमा सेयर कारोबार रोक्का रहेको छ ।
prabhu mahalaxmi
kumari