stcnepal long ad
ime life insurance
national life
global ime bank long

काठमाडौँ महानगरमा एक शिक्षक, एक ल्यापटप अभियान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज कन्या मन्दिर माद्यामिक विद्यालयका शिक्षकहरुलाई ल्यापटप दिइएको छ । ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रम अन्तर्गत आज विद्यालयका २७ जना शिक्षकलाई ल्यापटप दिइएको हो । वडाध्यक्षहरु नीलकाजी शाक्य र नविन मानन्धर तथा महानगरका शिक्षा अधिकृत मोतीराज खनालले संयुक्त रुपमा ल्यापटप वितरण गर्नुभएको हो ।

प्रमुख अतिथि वडा २५ का अध्यक्ष शाक्यले शिक्षकहरुसँग भन्नुभयो, ‘विद्यालय मार्फत रचनात्मक कार्यक्रम महानगरमा ल्याउनोस् । तपाईँहरुका कार्यक्रममा बारेमा हामी महानगरमा छलफल चलाउँछौँ । महानगरका शैक्षिक कार्यक्रम अन्य पालिकाका लागि अनुकरण योग्य हुनुपर्छ ।’ ल्यापटप पाएपछि

प्रविधिमैत्री सिकाइका लागि शिक्षकहरुले ल्यापटप प्राप्त गर्नु कार्यक्रमको पहिलो चरण हो । कार्यक्रममा वडा १७ का अध्यक्ष नविन मानन्धरले, शिक्षण सिकाइका लागि शिक्षकलाई निशर्त सामाग्री तथा उपकरण दिइनु पर्ने र मोवाइल वा ल्यापटप किन्न नसक्ने विद्यार्थीका बारेमा पनि सोच राख्नुपर्ने बताउनुभयो ।

यसरी वितरण गरिएका ल्यापटप सम्बन्धी प्राविधिक ज्ञानका लागि हामीले तालिम आयोजना गर्नेछौँ । कार्यक्रममा शिक्षा अधिकृत खनालले, चालु आर्थिक बर्षको कार्यक्रममा महानगरले शिक्षकका लागि ल्यापटप खरिद गर्न बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

आज वितरण गरिएका ल्यापटप राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, महानगरको केन्द्रीय बजेटबाट प्राप्त रकम र विद्यालयको आन्तरिक आयबाट प्राप्त रकमबाट खरिद गरिएका हुन् ।

ल्यापटप वितरण कार्यक्रममा शिक्षक संघका तर्फबाट नारायण गौत्तम, अखिल नेपाल शिक्षक संगठनका तर्फबाट डिल्लीराज शर्मा, एकीकृत शिक्षक संगठनका तर्फबाट बाबुराम घिमिरेले धारणा राख्दै, लक्षित समूहका अभिभावकलाई मोवाइल वा ल्यापटपको पहुँच बढाउने कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो ।

सामुदायिक विद्यालयका शिक्षक प्रविधिमैत्री हुनु शैक्षिक गुणस्तरको एउटा सूचक हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पमान मानन्धरले शैक्षिक सुधारमा परिणाम देखिन थालेको बताउनुभयो ।

शिक्षकहरुमा आफैँ सिक्ने र विद्यार्थीलाई सिकाउने व्यवहार बढेको छ । यसलाई संस्थागत बनाउने प्रयासमा छौँ । कन्या मन्दिरका निमित्त प्रधानाध्यापक बद्रीनाथ भट्टराईले शिक्षकहरुसँग आशा राख्नुभयो ।

विद्यालयले यस अघि इजी एप्लिकेसन प्रयोगमा ल्याइसकेको छ । व्यवस्थापन समितिमा शिक्षकको प्रतिनिधित्व गर्ने घनश्याम न्यौपानेले प्रविधिको उपयोगमा विगत अभ्यासका बारे जानकारी गराउनुभयो ।
हामीले ल्यापटप पाएका छौँ । यसको पूरा उपयोग गर्ने विषयमा हामी सचेत रहनेछौँ । शिक्षिका गीताकुमारी अधिकारीको भनाइ छ ।

यस अघि वडा ६ को जनकल्याण माद्यमिक विद्यालय बौद्ध महाङ्कालका ३१ जना शिक्षकलाई ल्यापटप दिइसकेको छ । प्रधानाध्यापक कुमारी कमला राई भन्नुहुन्छ, ‘३१ जनालाई दिँदा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, महानगरको केन्द्रीय बजेट, बौद्धनाथ क्षेत्र विकास समिति र आन्तरिक आय मिलाएर खरिद गरेका थियौँ । बाँकी शिक्षकलाई दिन थप सहयोग चाहिएको छ ।’

IME Lifesidebar
kumari