stcnepal long ad
ime life insurance
global ime bank long

योङ ग्लोबल लिडर्स २०२० बाट प्रदिप परियार सम्मानित

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल बुधबार, २८ फागुन

काठमाडौं । विश्व आर्थिक मञ्चले समता फाउण्डेसनका कार्यकारी अध्यक्ष प्रदिप परियारलाई यो वर्षको योङ ग्लोबल लिडर्स २०२० को सम्मान दिएको छ।

१८ वर्षदेखि युवा सशक्तिकरण र समानताको अभियानमा सक्रिय परियारलाई यो क्षेत्रमा पुर्‍याएको योगदान र नेतृत्त्व क्षमता तथा सम्भावनालाई कदर गर्दै मञ्चले सम्मान गरेको हो।

यसअघि नेपालबाट गगन थापा, आसुतोष तिवारी, छिरिङ लामा लगायतले यो सम्मान पाएका थिए । विश्व आर्थिक मञ्जले हरेक बर्ष विश्वभरबाट सय जना नेतृत्वमा जाने सम्भावना भएका व्यक्तिहरुलाई यस्तो सम्मान दिने गरेको छ।

समता फाउण्डेसनका कार्यकारी अध्यक्ष रहेका परियार यसअघि युवा संस्थाहरुको संजाल युवा संस्था महासंघको पनि अध्यक्ष भइसकेका व्यक्ति हुन्। परियार सामाजिक न्याय, युवा अधिकार लगायतका विषयमा विगत दुई दशकदेखि सक्रिय छन्।

४० भन्दा कम उमेरका व्यक्तिलाई विश्व आर्थिक मञ्चले उक्त सम्मान दिने गरेको छ। आज नेपाली समय अनुसार अपरान्ह तीन बजे उक्त सम्मानमा पर्ने व्यक्तिहरुको नाम विश्व आर्थिक मञ्चले सार्वजनिक गरेको हो।

prabhu mahalaxmi
kumari