stcnepal long ad
ime life insurance
national life
global ime bank long

सनराइज बैंक र जीएमइ रेमिटयान्स बीच सम्झौता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बिहीबार, २९ फागुन २०७६
काठमाडौं । सनराइज बैंक र जीएमइ रेमिटयान्स बीच रेमिटयान्स सुविधा प्रदान गर्ने बारेमा एक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जीएमइ रेमिटयान्सका प्रबन्ध निर्देशक दिवाकर पौड्यालले संयुक्तरुपमा हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौता अनुसार सनराइज बैंकका स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण ग्राहकहरुले सन्राइज रेमिट मार्फत पठाएको रकम जीएमइ रेमिटयान्सका नेपाल भर रहेका ८००० भन्दा बढी एजेन्टबाट छिटो, छरितो तरिकाले पाउने भएका छन् । सम्पुर्ण ग्राहकले सनराइज रेमिट मार्फत सुरक्षित तरिकाले आफ्नो खातामा रकम पनि पठाउन सक्ने बैंकले जनाएको छ ।
हालसम्म सनराइज बैंकले १३० वटा शाखा,४८ वटा शाखारहित बैंकिङ्ग सेवा, ९ वटा एक्सटेन्सन काउण्टर र १५४ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

IME Lifesidebar
kumari