stcnepal long ad
global ime bank long

बाहिरिए माछापुच्छ्रे बैंकका सीईओ शर्मा, कोइरालाले सम्हाल्दै बैंक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बुधबार, २८ फागुन २०७६

काठमाडौं । २३ महिना प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेर सुमन शर्मा माछापुच्छ्र्रे बैंकबाट बाहिरिएका छन् । ४ वर्षका लागि प्रमुख कार्यकारी पदको जिम्मा पाएका शर्मा व्यक्तिगत कारण देखाउँदै बैंकबाट बाहिरन लागेका हुन् । उनले यहि फागुन मसान्तसम्म उक्त पद्को कार्यभार सम्हाल्ने बैंकले जानकारी दिएको छ ।

उनी बाहिरिएसँगै बैंकका नायव प्रमुख कार्यकारी सन्तोष कोइरालालाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिने निर्णय भएको बैंक सञ्चालक समितिले जानकारी दिएको छ । ‘शर्माजीले परिवारिक कारण देखाएर बैंकबाट बाहिरिने इच्छा देखाउनु भयो,’ कामु जिम्मा पाएका कोइरालाले भने ‘कामु सीईओको जिम्मा मलाई दिइएको छ ।’ उनलाई केही समयपछि प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिइने गरी हाल कामुको जिम्मा दिइएको हो ।  बैंक सञ्चालक समितिको यहि फागुन १९ गते बसेको बैठकले कोइरालालाई चैत १ देखि कामु सीईओको कार्यभार सम्हाल्ने गरी जिम्मा दिइएको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष वीरेन्द्र महतोले पारिवारिक स्वास्थ्य समस्याले शर्मा बैंकबाट बाहिरिएको बताए । उनले  शर्मा बाहिरिनुका खास कारण केही छैन, अध्यक्ष महत्तोले भने’ उहाँले राजीखुसी’ मा राजिानामा दिनुभएको हो । उहाँले पारिवारिक कारण देखाउनुु भयो ।’

माछापुच्छ्रे बैंकमा सीईओ हुुनुअघि शर्मा ग्लोबल आईएमई बैंकमा थिए । एनएमबि बैंकको सहायक महाप्रबन्धक भएर कार्यभार समेत सम्हालेका शर्मासँग बैंकिङ क्षेत्रको दुई दशक भन्दा लामो अनुभव छ ।  कोइरालाले दुई वर्षयता माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारीको कार्यभार सम्हालिरहेका छन् ।  कोइरालासँग माछापुच्छ्रे बैंकसँगको नाता ७ वर्ष अघिदेखिको हो । सानिमा बैंकमा १० वर्ष काम गरेर उनी माछापुच्छ्रे बैंक गएका हुन् । बैंक अफ काठमाण्डूबाट उनले करियर सुरु गरेका कोइरालासँग पनि दुई दशकभन्दा बढी बैकिङ क्षेत्रको अनुभव छ ।

कोइरालाले त्रिभूवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् भने  नेदरल्यान्डको कलेजबाट ’एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम’ मा डिप्लोमा गरेका छन् ।

IME Lifesidebar
kumari