stcnepal long ad
global ime bank long

सेन्चुरी बैंकको ९औं वार्षिक साधारण सभा चैत १४ गते

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल बुधबार, २८ फागुन २०७६
काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले ९औं वार्षिक साधारण सभा चैत १४ गते बोलाएको छ । सभामा बैंकले गत वर्षको नाफाबाट ६.७५% लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस गर्दैछ । बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट २% बोनस र कर प्रयोजन समेत गरी ४.७५% नगद लाभांश वितरण गर्न लागेको हो । सेन्चुरीले १६ करोड ८३ लाख ९ हजार ४२३ रुपैयाँ बराबरको बोनस सेयर र ३९ करोड ९७ लाख ३४ हजार ८९९ रुपैयाँ नगद बाँड्ने छ ।
सभा, आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । यस्तै, अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरु गाभ्न र गाभिन वा एक्विजिसन गर्न परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सस्ंथापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ ।
हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ छ । बोनसपछि पुँजी ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजार पुग्नेछ । सभा प्रयोजनका लागि बैंकले फागुन ३० गते बुक क्लोज गर्दैछ । फागुन २९ गते बिहीबारसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।
IME Lifesidebar
kumari