citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

चेक बाउन्सको आरोपमा पक्राउ

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल बुधबार, २८ फागुन २०७६

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले चेक बाउन्सको आरोपमा पीडितको उजुरीका आधारमा इटहरीबाट एक व्यक्तिलाई पक्राउ गरेको छ । बैंक कसुर मुद्दामा इटहरी उपमहानगरपालिका–५ निवासी भोजराज गुरागाईंलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमीत खड्काले बताए ।

पीडित मान कम्पनीले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएपछि गुरागाईंविरुद्ध बैँक कसुर मुद्दा दर्ता गरेको थियो । गुरागाईं विरुद्ध एक महिनाअघि मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता भएपछि उनी लुकीछिपी बसेको अवस्थामा मङ्गलबार साँझ इटहरीबाट प्रक्राउ गरी दाङ ल्याइएको हो ।

गुरागाईं विरुद्ध म्याद थप गरेर अनुसन्धान गरिने प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । गुरागाईंले दिएको तीन लाख २० हजारको चेक नसाटिएपछि पीडितले उजुरी दिएका थिए ।

gold
himalayan life insurance long ad