stcnepal long ad
ime life insurance
global ime bank long

नेपालबाट पैसा लैजान खोज्दा सिंगापुरका नागरिक पक्राउ

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल मंगलबार, २७ फागुन २०७६

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरी मुलुकमा पैसा लैजान खोज्दा सिंगापुरका नागरिक पक्राउ परेको छ ।

लुकाई छिपाई बाहिरी मुलुकमा लैजान लागेको रकम सहित काठमाडौंबाट सिंगापुर जान लागेका सिंगापुर नागरिक K0926002G नम्बर राहदानी बाहक ५७ वर्षीय घिम चिवङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

बिमानस्थलको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा चिवङले साथमा लिई आएको ह्याण्ड ब्याग जाँच गर्ने क्रममा ११ हजार २ सय ७७ अमेरिकी डलर तथा १ लाख २१ हजार ६ सय १५ नेपाली रुपैयाँ फेला पारेकाेले उनलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

prabhu mahalaxmi
kumari