stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

शतप्रतिशत घरपरिवार नै उपभोग गर्छन् आयोडिनयुक्त नुन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आयोडिनयुक्त नुनको प्रर्बद्धन र जनचेतना अभिवृद्धिमा साल्ट ट्रेडिङ कर्पोरेशनले विगतदेखि नै जोड दिँदै आइरहेको छ । खासगरी युएसआइको सदस्य राष्टको हैसियतले नेपालमा सन् १९९८ देखि हरेक फेबु्रअरी महिनालाई ‘आयोडिन मन्थ’ को रुपमा सचेतनामुलक गतिविधिहरु गर्दै मनाइदै आइएको छ ।

५६ बर्ष अघि नेपाल सरकारले साल्ट टेड्रिङ कर्पोरेशनलाई आयोडिन युक्त नुनको आधिकारिक विक्रेताको जिम्मा दिएको थियो । त्यसयता आम नेपालीको घरआगनमा आयोडिनयुक्त नुन पु¥याउने कुरामा कर्पोरेशनले महत्वपूर्ण भुमिका खेलेको छ ।

सन् २०१६ मा नेपाल सरकारले गरेको ल्ल्ःक् सर्भे अनुसार ९१ प्रतिशत घरपरिवारले आयोडिनयुक्त नुनको उपयोग गरिरहेका छन् ।
आम जनतामा आयोडिनयुक्त नुन पु¥याउने जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनले त्यसयता निरन्तर रुपमा आयोडिनयुक्त नुनको प्रर्बद्धन तथा जनचेतना कार्यक्रम गर्दै आइरहेको छ । आयोडिनको कमीबाट उत्पन्न विकृतिहरुमध्ये खष्कष्दभि नयष्तभच सन् १९८५/८६ मा ४०.२ प्रतिशत रहेकोमा सन् २००७ मा ०.४ प्रतिशतमा झार्न सफल भएको छ । हाल सो समस्या देखिएका छैनन् ।
यस बर्ष पनि कर्पोरेशनले हरेक बर्ष झै फेब्रुअरी महिनालाई आयोडिनको कमीको विकृतिहरु सम्बन्धी जनचेतना जगाउने महिनाको रुपमा ‘आयोडिन मन्थ’ घोषणा गरी चेतनामुलक गतिविधिहरु सम्पन्न गरिसकेको छ । हरेक घरपरिवारले आयोडिन युक्त नुनको प्रयोग गर्न थालिसकेपछि आयोडिनको कमीबाट उत्पन्न हुने स्वास्थ्य समस्या जागृत गर्न अभियानलाई निरन्तरता दिएको साल्ट टेड्रिङ कर्पोरेशनका प्रमुख विभागिय व्यवस्थापक ब्रजेश झाले बताए ।

कार्पोरेशनले ‘आयोडिन मन्थ’ कार्यक्रम अन्तर्गत चेतनामुलक सन्देश लेखिएको झोला, स्कुल टीसर्ट, पर्चा पम्पेल्ट जस्ता सामाग्री वितरण गर्न देशका विभिन्न २१ स्थानका हाट बजार र विधालयहरुमा टोली खटाएको थियो । सो सचेतनामुलक कार्यक्रम गर्ने शिलशिलामा साल्ट टेड्रिङ कर्पोरेशनले दिपायल, डडेलधुरा, महेन्द्रनगर, खटिकापुर, धनगढी, नेपालगंज, सुर्खेत, दाङ, कृष्णनगर, भैरहवा, पोखरा, बाग्लुन, नारायणगढ, वनेपा, हेटौडा, वीरगंज, जनकपुर, राजविराज, लाहान, विराटनगर, बिर्तामोड लगायत ठाउँहरुमा कार्यक्रमहरु गरेको थियो ।

साल्ट टेड्रिङले त्यहाँको १७० ओटा स्कुलमा एडभोकेसी गरेको थियो । एक सय १ हाटबजारमा स्टल सहित माइकिङ गरी आयोडिनबारे सचेतना फैलाएको थियो । त्यसैगरी १३० ओटा अस्पताल तथा स्वास्थ्यचौकी, गाविस समेतमा आयोडिनबारे चेतनामुलक कार्यक्रम गरेको थियो ।

त्यसक्रममा टेडिङले १७२ ओटा ब्यानर मार्फत १९ ओटा ¥याली समेतर गरिएको थियो । देशभरका ३६ ओटा एफएमले साल्ट टेडिङको सो अभियानलाई सघाएका थिए । साल्ट टेड्रिङ कर्पोरेशनले त्यसरी विगत देखि नै गर्दै आएको कार्यक्रमको प्रभाव स्वरुप नेपालमा अहिले आयोडिनका कारण उत्पन्न हुने समस्या लगभग निराकरण भइसकेको छ ।

नुन एउटा ब्यापारको विषय मात्रै नभएर मानव शरिरलाई चाहिने महत्वपूर्ण भिटामिन तत्व भएकोले बर्षमा एक महिना अभियान चलाउने गरेको साल्ट टे«डिङले जनाएको छ । साल्ट टेड्रिङ कर्पोरेशनले जनस्वास्थ्यलाई नै ध्यानमा राख्दै विगत देखि नै नुनको मुल्यलाई स्थीर राखिरहेको छ । जतिसुकै आन्दोलन वा क्राइसिसमा पनि नुनको अभाव हुने गरेको छैन ।

विभागिय प्रबन्धक ब्रजेशकुमार झाले कम्तिमा २ अर्ब बराबरको ६ महिना अवधिलाई पुग्ने नुन सधै स्टक राख्ने गरेको बताउँछन् । झा भन्छन् ‘नुनको उपलब्धता, गुणस्तरीयता र मुल्यमा स्थीरता दिने कुरामा साल्ट ट्रेडिङ सदैब लागिरहेको छ । लागिरहने छ ।’

prabhu mahalaxmi
kumari