citizens life insurance long ad
stcnepal long ad

कृषि विकास बैङ्कले क्रेडिट कार्ड व्यवसायको सुरुवात

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । कृषि विकास बैक लिमिटेडले क्रेडिट कार्ड जारी गरेको छ । आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउन, बजारको माग तथा ग्राहकको आवश्यकता अनुसार आधुनिक वस्तु तथा सेवाहरू उपलब्ध गराउँदै आइरहेको बैकले २०७८ साल वैशाख महिनाबाट क्रेडिट कार्ड व्यवसायको सुरुवात गरेको हो ।

हालसम्म यस बैकले ७८ वटा कार्डहरू जारी गरिसकेको छ । नेपालका सरकारी स्तरका बैकहरूमा यो सेवा प्रदान गर्ने पहिलो बैक भएको छ । कार्यालयको कार्यक्षेत्र भित्र बसोबास गरी दिगो आयस्रोत भएका विश्वासिला नेपाली नागरिकहरू, यस बैकका पूर्व कर्मचारीहरू तथा बैङ्कका कर्मचारीहरूले यो सुविधा प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ ।

यस बैककले जारी गरेको क्रेडिट कार्डको सीमा न्यूनतम रु २५ हजार देखि अधिकतम रु दश लाखसम्म कायम गरिएको छ । त्यसै गरी इएमभी, कम्प्लेन्स, कन्ट्याक्टलेस पेमेन्ट फिचर, नेपाल र भारतमा चल्ने, पीओएस टर्मिनल मार्फत विभिन्न वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सकिने विशेषताहरू रहेको बैकले जनाएको छ ।

साथै बैङ्कले क्रेडिट कार्ड सुविधा लिन आफूलाई पायक पर्ने  बैङ्कको शाखा कार्यालयहरूमा सम्पर्क राख्न ग्राहकहरुमा समेत अनुरोध गरेको छ ।

IME Life
kumari