citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

 हेटौँडा–भैँसे सडकखण्ड अवरुद्ध

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

मकवानपुर । गएरातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथ अन्तर्गत पर्ने हेटौँडा–भैंसे सडकखण्ड अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिका–१ मा पर्ने बागझोरामा आएको बाढीले गर्दा हेटौँडाबाट जाने र भैंसे हुँदै हेटौँडा आउने यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक निमित्त प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

उनका अनुसार उक्त बाढीले बगाएको गिट्टी, बालुवा, ठूला(ठूला ढुङ्गा हटाई यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

त्यस्तै भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जाने सडक पनि बिहीबारदेखि नै अवरुद्ध छ । भीमफेदी–६ गढीमा ठूलो पहिरो गएको र अझै पानी नरोकिएका कारण हटाउन समस्या भएकाले उक्त सडकखण्डमा पनि यातायत अवरुद्ध भएको उनले बताए ।

कान्ति लोकपथ अन्तर्गत पर्ने भीफेदी–८ गँगटेमा पनि पहिरो जाँदा बिहीबारदेखि नै यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

himalayan life insurance
igi long