stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

जीवन विकास लघुवित्तको आइपीओमा आइतबार साँझसम्म १५ लाख २८ हजार ४४१ जना आवेदन दिए

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जीवन विकास लघुवित्तको आइपीओमा २ अर्ब ३२ करोड ९२ लाख १३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइतबार साँझसम्म १५ लाख २८ हजार ४४१ जना आवेदकले २ करोड ३२ लाख ९२ हजार १३० कित्ताका लागि आवेदन दिएका छन् ।

यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा १२.६० गुणा धेरै हो । कम्पनीले शुक्रबार असार ११ गतेदेखि कुल १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणलले आवेदन दिन सक्नेछन् ।

कुल निष्कासित इकाईमध्ये ०।५५ अर्थात ३० हजार ४२० कित्ता कर्मचारी र ५५ अर्थात ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको छ ।

आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यस आइपीओमा असार १५ गतेसम्म आवेदन दिन सकिन्छ । सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ । यसमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

prabhu mahalaxmi
kumari