stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सचिवहरुको बढुवा गर्ने तयारी शुरू

सचिव बढुवाको लाइनमा रहेका एक दर्जन सहसचिवहरु मार्कामा पर्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । लोकसेवा आयोगले पूर्णता पाएसँगै सचिवहरुको बढुवा गर्ने तयारी शुरू भएको छ । गत २०७७ चैत्र दोश्रो सातादेखि नै रिक्त सचिव पदमा बढुवा हुनुपर्नेमा लोकसेवा पदाधिकारी विहिन हुँदा बढुवा हुन नसकेपछि सचिव बढुवाको लाइनमा रहेका एक दर्जन सहसचिवहरु मार्कामा पर्दै आएका छन्। अब छिट्टै सहसचिवहरूको सचिव बढुवामा सिफारिस हुनेछ ।

गत चैत्र दोश्रो सातादेखि यता असार २ गते सम्ममा १० सचिव पद रिक्त छ । अहिले राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, खानेपानी मन्त्रालय, मानव अधिकार आयोग, गण्डकी प्रदेश प्रमुख सचिव र कर्णाली प्रदेश प्रमुख सचिवविहीन छन् ।

त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको एउटा पद रिक्त छ । यसैगरी, कृषि तथा पशुपक्षी विकास मन्त्रालय (पशुपक्षी) र शिक्षा विज्ञान तथा प्रविधि (विज्ञान प्रविधि) र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पनि सचिव पद रिक्त छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव तीर्थराज ढकालले पनि गत चैतमा अवकाश पाएका थिए ।

गण्डकी प्रदेश सरकारमा चैतबाट प्रमुख सचिव रिक्त छन् । तत्कालीन सचिव विष्णुप्रसाद नेपालले अनिवार्य अवकाश पाएपछि प्रदेश सरकार प्रमुख सचिवविहीन भएको हो ।

बागमती प्रदेश सरकार २०७८ वैशाखदेखि तथा कर्णाली प्रदेश सरकार जेठबाट प्रमुख सचिव विहीन छ । बागमतीका प्रमुख सचिव मानबहादुर विकेले ६ वैशाखमा र कर्णालीका प्रमुख सचिव चन्द्रमान श्रेष्ठले १५ जेठमा अवकाश पाएका छन् ।

वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले वैशाखमा अवकाश पाएका थिए । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव प्रेमनारायण कँडेल त्यो पदमा लगिए । त्यसपछि कृषि मन्त्रालयमा सचिव पद खाली छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव मधुसूदन अधिकारीले अवकाश पाएपछि उनको ठाउँमा पुनर्निर्माण प्राधिकरणका सचिव मणिराज गेलाल पुगेका छन् । अहिले प्राधिकरण निमित्त सचिवको भरमा चलिरहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (विज्ञान प्रविधि) सचिव डा.सञ्जय शर्मा, खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जेठमा अवकाश पाएका थिए । अहिले खानेपानी मन्त्रालय निमित्त सचिव सुनीलकुमार दासले सम्हाल्दै आएका छन् ।

उपराष्ट्रपति कार्यालयका सचिव गोपीनाथ मैनालीले २ असारमा अवकाश पाएका थिए । लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले सचिव बढुवा, रिक्त बढुवा,परीक्षा र नयाँ पदमा आवेदन खुला गर्ने कार्य प्राथमिकतामा रहेको बताएका छन । रेग्मी सहसचिव हुँदा सम्म लोकसेवा आयोग कमलपोखरीमा कार्यरत थिए। त्यसैले उनी आयोगमा अनुभवी मानिन्छन् ।

prabhu mahalaxmi
kumari