citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो दुरीको दुवै मार्ग पहिरोका कारण अवरुद्ध

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

हेटौँडा । हेटौँडा हुँदै राजधानी काठमाडौँ जोड्ने छोटो दुरीको दुवै मार्ग पहिरोका कारण अवरुद्ध बनेको छ । शनिबार विहानैबाट अविरल वर्षासँगै आएको बाढी र पहिरोले हेटौँडा–भीमफेदी–कुलेखानी हुँदै फाखेल–फर्पिङ भएर काठमाडौँ प्रवेश गर्ने माग पहिरोले अवरुद्ध बनेको हो ।

यस्तै, हेटौँडा–भीमफेदी–कुलेखानीहुँदै सिस्नेरी–दक्षिणकाली भएर काठमाडौँ प्रवेश गर्ने मार्ग पहिरोका कारण अवरुद्ध भएको बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले जनाएको छ ।

निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले पहिरोका कारण अवरुद्ध दुवै सडक सुचारु गर्न प्रयास भइरहेको बताउँदै आइतबारसम्ममा सुचारु हुने जानकारी दिनुभयो । उहाँले वर्षा नरोकिएको र पहिरो झर्ने क्रम चलिरहेका कारण अवरुद्ध सडक सुचारु गर्न समस्या भएको बताउनुभयो ।

हेटौँडा–भीमफेदी–कुलेखानी सडक खण्डको भीमफेदी गाउँपालिका वडा नं. ६ स्थित चिसापानीगढी नजिकैको साउनेपानी खोल्चामा ठूलो पहिरो आएपछि सडक अवरुद्ध भएको र पहिरो जाने क्रम रोकिएको छैन ।

यसैगरी कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डको इन्द्रसरोवर गाउँपालिकाका २ स्थित छपारेमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । प्रवक्ता ओझाका अनुसार यहाँ पहिरोसँगै बाढीलेसमेत सडक बगाएको छ ।

himalayan life insurance
igi long