stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

राष्ट्रपति केपी ओलीको कार्यकर्ता बन्नुभयो– देउवा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाली कांग्रेसका सभापति तथा विपक्षी गठबन्धनका नेता शेरवहादुर देउवाले राष्ट्रपतिले केपी शर्मा ओलीको कार्यकर्ताको भूमिका निर्वाह गरेको आरोप लगाएका छन् ।

पत्रकारसँग शनिवारको अन्तरक्रियामा बोल्दै सभापति देउवाले आफूले बहुमत सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी गर्दा कुनै समस्या परेको भए राष्ट्रपतिले सनाखत गर्नुपर्ने बताएका छन् ।

देउवाले भने : अदालतले प्रधानमन्त्री बनाओस भनेको होइन, तर संविधानको व्याख्या त अदालतले गरिदिनु पर्यो नि । राष्ट्रपतिले आव्हान गर्नुभो, हामीले बहुमत सहित दावी गर्यौ । राष्ट्रपतिलाई समस्या परेको भए सनाखत गरेको भए हुन्थ्यो ।

को कता छ भनेर सोधेको भए हुने । तर मध्यरातमा जे भयो गलत भयो । हाम्रो त सही छाप नै बुझाएको छ नि, पार्लियामेन्टमा परेड गराएको भए नि हुन्थ्यो ।

देउवाले राष्ट्रपतिको चर्को आलोचना गर्दै पदीय मर्यादा समेत नराखी ओलीको कार्यकर्ता बनेको आरोप लगाएका छन् । उनले ओली लोकतन्त्रवादी र संविधानवादी नभई अधिनायकवादी हुन् भन्दै आफूलाई बेकारमा अ‍ोलीसँग मिलेको आरोप लगाइएको बताएका छन् ।

देउवाले भने : राष्ट्रपतिले राष्ट्रपति नभएर ओलीको कार्यकर्ता भएर काम गर्नुभयो । मलाई पहिला क्याबिनेट पुनर्गठन गर्न दिनुभएन, अहिले धमाधम शपथ खुवाउनु भयो । राष्ट्रपति हदभन्दा बढी ओलीको कार्यकर्ता हुनुभयो । ओलीले भन्दा राष्ट्रपतिले गलत गरेको हो ।

सभापति देउवाले अदालतले आफूलाई नै प्रधानमन्त्री बनाउने विश्वास व्यक्त गरेका छन् । उनले भने– अदालतले शेरबहादुरलाई प्रधानमन्त्री बनाएर १ महिनाभित्र विश्वासको मत लिन लगाउन राष्ट्रपतिलाई आदेश गर्ने विश्वास छ ।

अर्को प्रसंगमा देउवाले माधव नेपालको प्रशंसा गर्दै उनीमाथि धोका नहुने डाडस दिएका छन् । नेपाललाई अ‍ोली पक्षबाट प्रधानमन्त्रीको अफर आएको सन्दर्भमा उनले माधव नेपाल लडाकु मित्र भएको बताए । उनले भने– माधवजी लडाकु मित्र हो । उहाँलाई पनि कुनै धोका हुदैन । उहाँकै नेतृत्वमा एमाले लोकतन्त्रको पक्षमा उभिन्छ ।

prabhu mahalaxmi
kumari