stcnepal long ad
ime life insurance
global ime bank long

एन आई सी एशिया क्यापिटलको सेवामा विशेष छुट

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल बिहीबार, २२ फागुन २०७६

काठमाडाैं । एन आई सी एशिया क्यापिटल लिमिटेड मिति २०७६ साल फागुन २२ गते संचालनमा आएको तीन वर्ष पुरा गरेको अवसरमा क्यापिटलले दिने सेवामा विशेष छुट दिने घोषणा गरेको छ ।

क्यापिटलले आफ्नो तेश्रो वार्षिक उत्सवको अवसरमा नयाँ ग्राहकहरुलाई सेवा शुल्कमा विशेष  छुट योजना ल्याएको छ ।

जस अन्तर्गत फागुन २२ गते देखि मिति २०७७ आषाढ मसान्त सम्म नि–शुल्क रुपमा हितग्राही खाता खोलिदिने तथा पहिलो वर्षको खाता संचालन शुल्कमा छुटको व्यवस्था गरेको छ ।

यसको साथै मिति २०७६ साल फागुन २२ गते देखि मिति २०७६ साल चैत्र मसान्त सम्म लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

संचालनमा आएको छोटो समयमा नैं मर्चेण्ट बैंकिङ्ग क्षेत्रमा सफल मर्चेट बैंकरको रुपमा आफ्नो नाम स्थापित गर्न सफल भएको कम्पनीको दावी छ ।

मर्चेण्ट बैंकिङ्ग ब्यवसायमा तिब्र रुपमा प्रतिशपर्दा रहदा समेत एन आई सी एशिया क्यापिटल संचालनमा आएको तीन वर्षको छोटो अवधिमै निम्न उपलब्धी हाशिल गर्न सफल भएको छ ।

क्यापिटलको हाल सम्मको प्रमुख उपलब्धीहरु समेत बिहीबार सार्बजनिक गरेको छ ।

0    मर्चेण्ट बैंकरहरु मध्ये पहिलो ISO 9001:2015 Certified  क्यापिटल ।
0    निक्षेप सदस्य तर्फ १ लाख ८३ हजार भन्दा बढी हितग्राही खाता ।
0    लगानी व्यवस्थापन सेवा तर्फ ३०० ग्राहकहरुलाई उत्कृष्ट लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको ।
0    नेपालमै पहिलो पटक क्ष्एइ ३७ घन्टमा बाँडफाँट गर्न सफल ।
0     सेवाग्राहीहरुलाई उत्कृष्ट सेवा दिने उद्देश्यका साथ संध्याकालीन काउण्टर संचालन गरिरहेको ।
0     शेयर रजिष्ट्रार सेवा तर्फ ८ वटा कम्पनीका २ लाख ५० हजार भन्दा बढी शेयरधनीहरुलाइ उत्कृष्ट सेवा प्रदान गरिरहेको ।
0     म्युचुअल फण्ड सेवा अन्तर्गत २ वटा बन्दमुखी योजना मार्फत ३५ हजार भन्दा बढी इकाईधनीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको ।

साथै नेपालमै पहिलो पटक ऋणपत्रमा लगानी गर्ने प्रमुख उदेश्यका साथ खुलमुखी सामूहिक लगानी कोष योजना संचालन गर्न स्वीकृतीको लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गरिएको जनाएको छ ।

prabhu mahalaxmi
kumari