macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सानिमा बैंकका ग्राहकलाई किस्ताबन्दीमा सामसुङ मोबाइल

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

आर्थिक सञ्जाल बिहीबार, २२ फागुन २०७६

काठमाडौँ । सानिमा बैंक लिमिटेड र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रालिबीच बैंकका ग्राहकहरुलाई सामसुङको मोबाइल सेट सहज रुपमा मासिक किस्तामा प्रदान गर्ने सम्झौता भएको छ ।    सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरु रिकमेन्डेड रिटेल मूल्यमा खरिद गर्न सक्ने छन् । यसैगरी बैंकको क्रेडिट कार्ड प्रयोगकर्ताले आकर्षक ब्याज दरका साथ १८ महिना सम्मको मासिक किस्ता भुक्तानी गर्न सक्ने छन् ।
साथै भर्खरै अन्तर्राष्ट्रिय बजारमा लन्च गरिएको ग्यालेक्सी एस२० र ग्यालेक्सी एस२० प्लस विशेष मूल्यमा प्रि–बुक गर्दा प्रि–बुकिङ उपहार समेत प्राप्त गर्न सक्ने छन् । सो सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आईएमएस नेपाल प्रालिको तर्फबाट सेल्स तथा अपरेसन म्यानेजर नारायण प्रसाद भुषालले हस्ताक्षर गरेका छन् ।

२२ फागुन २०७६, बिहीवार १९:१७ बजे प्रकाशित

NTA long ad