stcnepal long ad
ime life insurance
national life
global ime bank long

एक महिना मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण नहुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं उपत्यकामा अब झन्डै एक महिना मेलम्चीको पानी वितरण नहुने भएको छ । सुरुङ पूरै खाली गरेर त्यसको निरीक्षण गर्न लागिएकाले पानी वितरण रोकिन लागेको हो ।

सुरुङ निरीक्षण गर्दा समस्या नदेखिएमा फेरि पानी ल्याउँदा ३० देखि ४० दिनसम्म लाग्न सक्ने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । पन्तका अनुसार पहिले पानी झर्ने दरमा नै खाली गर्दा १५ दिन लाग्ने देखिएको छ । त्यस्तै २७ किमी सुरुङको निरीक्षणका लागि १० दिन लाग्नेछ ।

दुई वर्ष पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता हुँदा कार्यविधिमा सुरुङमा पानी भरेर फेरि खाली गराएर निरीक्षण गर्ने उल्लेख थियो । उहाँले भन्नुभयो, कार्यविधिमा अन्तिम काम नै सुरुङ खाली गर्ने हो, खाली गरेर समस्या नभएमा फेरि भरेपछि त्यो कार्ययोजना सफल हुन्छ ।

झन्डै तीन महिना पहिले पहिलो पटक मेलम्चीको पानी काठमाडौं ल्याइएको थियो । अहिले अन्य समस्या भने देखिएको छैन ।आयोजनाको पहिलो चरणमा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी गत फागुनदेखि नै काठमाडौंमा आउन थालेको छ । समितिले आयोजना अन्तर्गत २७ किमी लम्बाइको सुरुङ, ‘हेडवर्क’ र सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्रको निर्माण गरेको थियो ।

सुरुङ र केन्द्र सम्पन्न भइसके पनि ‘हेडवर्क’ को अन्तिम काम भइरहेको आयोजनाले जनाएको छ । सुरु भएको झन्डै दुई दशकपछि आयोजना सम्पन्न भएको हो । सरकारले समृद्ध नेपालका लागि यसलाई एक सफल आयोजनाका रूपमा लिएको छ ।

सरकारले मेलम्चीकै दोस्रो खण्डका रूपमा याङ्ग्री र लार्के खोलाबाट पानी ल्याउन आवश्यक पूर्वाधारको निर्माण अघि बढाउँदैछ । अहिले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउने गरेकामा दैनिक थप ३४ करोड लिटर पानी आउने गरी त्यो निर्माण अघि बढाउन लागिएको हो । सरकारले आउँदो आवमा यस आयोजनाका लागि तीन अर्ब ५१ करोड रुपैयाँ विनियोजन गरेको छ ।

IME Lifesidebar
kumari