stcnepal long ad
global ime bank long

कृषि विकास बैंक र फोन पेबीच सम्झौता,‘विद्युतीय माध्यमवाट भुक्तानी गर्दा छुट सुबिधा पाइने’

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बुधबार, २१ फागुन २०७६

काठमाडौँ । कृषि विकास बैंक र भुक्तानी प्रणाली सञ्चालक फोन पे सर्भिस लि.बीच सम्झौता भएको छ ।

सम्झौतासँगै फोन पे का सम्पूर्ण सेवा कृषि विकास बैंकको मोबाईल बैंकिङ मार्फत लिन सकिनेछ । यसैगरी कृषि विकास बैंकले बजारमा मर्चेन्ट विस्तार गर्नेछ ।

जहाँबाट ग्राहकले आफ्नो मोबाईल बैंकिङ मार्फत विभिन्न प्रकारका किनमेल तथा भुक्तानी गर्न सक्नेछन् । सम्झौतापत्रमा फोनपेका तर्फबाट एफ वान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् ।

५ दशक भन्दा बढी समयदेखि कृषि विकास र बैकिङ्ग सेवामा समर्पित कृषि विकास बैंक शहरदेखि ग्रामीण भेगसम्म बृहत शाखा सञ्जाल भएको बैंक हो । बैंकले २ सय ७४ वटा शाखा, ११ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटिएम टर्मिनल, ८५ हजार डेविट कार्ड ग्राहक, २ लाख ३७ हजार मोवाईल बैंकिङ्ग ग्राहक, १४ लाख खाता ग्राहक, ४७ वटा कार्यालयवाट सरकारी कारोवार लगायत बैंक जमानत, प्रतितपत्र, विदेशी मुद्रा विनिमय लगायत आधुनिक भुक्तानीका सेवा सहित सम्पुर्ण बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ ।
बैंक र फोन पेबीच सम्झौताले नेपाल सरकारले अवलम्वन गरेको विद्युतीय माध्यमवाट भुक्तानी गर्ने कार्यक्रममा थप योगदान पुग्ने जनाइएको छ । विद्युतीय माध्यमवाट भुक्तानी गर्दा बैंकसँग खाता भएका ग्राहकहरुले निश्चित छुट सुविधा पाउने बैंकका डिजिटल बैंकिङ्ग विभागका विभागीय प्रमुख बाशु अधिकारीले जानकारी दिए ।

IME Lifesidebar
kumari