stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

महासंघको नेतृत्वमा बसेर पुलको रुपमा काम गर्नेछु, उपाध्यक्ष ढकाल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल मंगलबार, २० फागुन

बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आफू महासंघको नेतृत्वमा रहेर व्यवसायी, स्थानीय सरकार र केन्द्रबीच पुलको काम गर्ने बताउनु भएको छ । बागलुङ उद्योग वाणिज्य संघको ५६औं वार्षिक साधारण सभामा मंगलबार प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै ढकालले महासंघले देशमा तीन तहको सरकार बनेपछि देखिएका दुविधाका विषयहरुमा सरकारसँग वार्ता र सम्वाद मार्फत समाधान खोज्ने बताउनु भएको छ ।
तीन तहको सरकार बनेपछि नयाँ कानुन बनाउने क्रममा कतिपय नियम कानुनहरु सरोकारवालासँग छलफल नै नगरी आएकाले व्यवसायीहरुमा केही कन्फ्युजन सृजना भएको छ भन्दै उहाँले सरोकारवाला पक्षसँग छलफल नै नगरी, जानकारी नै नदिई आएका यस्ता कानुनहरु व्यवहारिक हुँदैनन् ।
सरोकारहरुसँग छलफल गरेर मात्र कानुन ल्याउँदा कार्यन्वयनमा सहज हुने बताउनुभयो ।
उहाँले स्थानीय श्रोत साधनको प्रयोग हुने र स्थानीय स्तरमा रोजगारी सृजना गर्ने कुनै न कुनै आयोजना बागलुङमा तत्काल सुरु गर्न बागलुङका स्थानीय व्यवसायीहरुसँग छलफल भइरहेको बताउनु भयो ।
ढकालले भन्नुभयो–व्यवसायीहरुले चुनावको समयमा जिल्लामा पुगेर धेरै आश्वासनहरु दिने गरेको भन्ने सुनिन्छ । म त बागलुङ मै जन्मिएको हो । भाषण भन्दा पनि काम गरेर देखाउनु पर्छ भन्ने मलाई लागेको छ । म के भन्न चाहन्छु भने, म जे बोल्छु, त्यो कार्यान्वयन गरेरै छोड्छु । हामीले केही समयमै कुनै न कुनै काम यहाँ सुरु गर्नेछौं ।
उहाँले आफ्नो व्यवसायिक नेटवर्क सबै जिल्ला, नगरमा रहेकोले चुनाव पछि नेतृत्वले जिल्लाका गुनासा नसुनेको भन्ने व्यवसायीको गुनासाहरु आफ्नो हकमा लागु नहुने स्पष्ट पार्नुभयो ।
७७ वटै जिल्लामा हाम्रो व्यवसायिक नेटवर्क छ । हाम्रो यही नेटवर्कका माध्यमबाट पनि जिल्ला नगरका साथीहरुलाई महासंघको केन्द्रिय नेतृत्वसँग सम्पर्क जोड्न तथा आफ्ना गुनासोहरुको सञ्चार गर्न सजिलो हुनेछ । यहीँ नेटवर्कका माध्यमबाट पनि मैले स्थानीय व्यवसायी, सरकार तथा केन्द्र बीचपुलको रुपमा काम गर्नेछु –उहाँले बताउनु भयो ।
यस अघि बागलुङ महोत्सवका अवसरमा बागलुङ उद्योग वाणिज्य संघले ढकाललाई महासंघको आगामी ५४औं वार्षिक साधारण सभामा वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रुपमा प्रस्ताव गरेको थियो ।

prabhu mahalaxmi
kumari