stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

एनआईसी एशिया रेमिटबाट आन्तरिक रेमिट्यान्स निःशुल्क

Nimb long ad
Prabhu Insurance Long Ad
national life

आर्थिक सञ्जाल मंगलबार, २० फागुन

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूको उल्लासमय सहभागितालाई मध्यनजर गर्दै एनआईसी एशिया रेमिटमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

यस योजना अन्तर्गत एनआईसी एशिया बैंकका देशभर फैलिएका सम्पूर्ण शाखा र विस्तारित काउण्टरहरूबाट नेपालभरी एक ठाउँबाट अर्काे ठाउँमा सित्तैमा आन्तरिक रेमिट्यान्स रकम पठाउन सकिनेछ । उक्त योजना अनुसार २०७६ फागुन १८ देखि २०७७ वैशाख १७ गतेसम्म देशभित्र रकम पठाउँदा कुनैपनि शुल्क नलाग्ने व्यवस्था बैंकले गरेको छ ।

यस बैंकका ३१९ शाखा, १०७ विस्तारित काउण्टर, ५६ वटा शाखारहित बैंकिङ्ग इकाई एवं ९ हजार भन्दा बढी सहायक प्रतिनिधिहरू मार्फत सरल रुपमा भुक्तानी पाउन सकिनेछ । मुलुकभर सबैभन्दा धेरै शाखा सञ्जाल रहेको यस बैंकमार्फत तुरुन्त रकम पठाउन तथा प्राप्त गर्न सकिने हुँदा धेरै भन्दा धेरै ग्राहकहरू लाभग्राही हुने विश्वास बैंकले लिएको छ ।

prabhu mahalaxmi
kumari