macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

विराकुनले सार्क महासचिवको कार्यभार सम्हाले

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

आर्थिक सञ्जाल मंगलबार, २० फागुन २०७६

काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का चौधौँ महासचिवका रुपमा श्रीलङ्काका वरिष्ठ कूटनीतिज्ञ इसाला रुवान विराकुनले कार्यभार सम्हालेका छन् ।

सार्कको महासचिवमा नियुक्त हुनुअघि उनि श्रीलङ्काली राष्ट्रपतिका वरिष्ठ अतिरिक्त सचिव थिए । श्रीलङ्काको परराष्ट्र सेवामा ३२ वर्ष बिताएका महासचिव विराकुनले त्यहाँको परराष्ट्र र पर्यटन विकास मन्त्रालयको सचिवको जिम्मेवारी पूरा गरेका थिए ।

लण्डन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका उनिले भारतका लागि श्रीलङ्काको उच्चायुक्त र नर्वेमा राजदूतका रुपमा सेवा गरिसकेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सार्कका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र परराष्ट्र सचिव शङ्करदास वैरागीसँग अनुकूल समयमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको सार्क सचिवालयले जनाएको छ ।

२० फागुन २०७६, मंगलवार १८:२६ बजे प्रकाशित

NTA long ad