stcnepal long ad
ime life insurance
national life
global ime bank long

राष्ट्रिय बिउबिजन कम्पनीका प्रबन्ध सञ्चालक सहित ८ जना विरुद्ध सवा ३ करोडको भ्रष्टाचार मुद्दा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । सोमबार,१९ फागुन २०७६

काठमाडौँ । राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड केन्द्रीय कार्यालय, काठमाडौंका तत्कालीन प्रबन्ध सञ्चालक धर्मराज अधिकारी समेत ८ जना विरुद्ध ३ करोड २३ लाख ६ हजार ४ सय ७ रुपियाँ भ्रष्टाचार गरेको मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौँमा उनीहरु विरुद्ध मुद्दा दर्ता गरेको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड केन्द्रीय कार्यालय, काठमाडौंका प्रबन्ध सञ्चालक अधिकारी, सञ्चालक समितिका अध्यक्ष र सदस्यहरु तथा अन्य कर्मचारीहरु समेतको मिलेमतोमा बीउ खरिद तथा आ.व. २०७३/0७४ मा सिजन सिद्धिएपछि व्यवसायीसँग मकैको बीउ खरिद गरी अनुदान कार्यक्रममा राखेर अनियमितता गरेको उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा अनुसन्धान हुँदा प्रबन्ध सञ्चालक अधिकारी समेतको मिलेमतोमा कम्पनीको अनुदानमा कृषकहरुलाई उपलव्ध गराउने मकैको बीउ ‘कृषकहरुलाई उन्नत बीउ बिजन खरिद मूल्यमा अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०६८’ अनुसार वितरण नगरी खरिद तथा बिक्री वितरण गरिएको झुठ्ठा कागजपत्र तयार गरी भ्रष्टाचार गरेको पाइएपछि मुद्दा दर्ता गरिएको हो ।
आयोगका अनुसार तत्कालीन राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड, कुलेश्वर, काठमाडौंका प्रबन्ध सञ्चालक अधिकारीलाई ४६ लाख १५ हजार २ सय एक, युनिक सिड कम्पनी प्रा.लि, धनगढी तथा कृषक सहयोग केन्द्र, धनगढी–१३, कैलालीका अध्यक्ष लक्ष्मीकान्त ढकाललाई ३५ लाख ६ हजार ४ सय, बिजबृद्धि कम्पनी प्रालि, पिठुवा (रत्ननगर–१५) र चितवनका प्रबन्ध निर्देशक रामचन्द्र अधिकारीलाई ११ लाख ८ हजार ८ सय १ रुपियाँ बिगो कायम गरी जरिवाना र सजायको माग दाबीसहित मुद्दा दायर गरिएको छ ।

त्यसैगरी राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड, केन्द्रीय कार्यालय, कुलेश्वर, काठमाडौंका तत्कालीन कामु महाशाखा प्रमुख रेवतीरमण ओझा, तत्कालीन आर्थिक महाशाखा प्रमुख महेशकुमार पौडेल, तत्कालीन शाखा अधिकृत बिन्दु थापा, आर्थिक महाशाखामा कार्यरत बरिष्ठ सहायक सुरेन्द्रमान श्रेष्ठ र बरिष्ठ सहायक स्टोरकिपर धर्मेन्द्रकुमार झालाई जनही ४६ लाख १५ हजार २ सय १ रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र उपदफा दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम जरिवाना र कैद सजाय मागदाबी सहित अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको प्रवक्ता कोइरालाले विज्ञप्ति मार्फत जनाएका छन् ।

IME Lifesidebar
kumari