stcnepal long ad
himalayan life insurance long ad

अवैध लागूऔषध सहित पक्राउ   

Nimb long ad
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल । सोमबार,१९ फागुन २०७६

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट अवैध लागूऔष चरेश ५ सय ग्राम सहित चितवन रत्ननगर नगरपालिका-५ ठेगाना भएका संजय महतोलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । आरए २३९को उडानबाट दोहा कतार जान लागेका उनलाई उक्त विमानस्थलको प्रस्थान तर्फको चेकिङ एरियामा जाँच गर्ने क्रममा झोलामा लुकाइ छिपाई राखेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । साथै महोतोलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहितको झोला दिने सप्तरी सुरुङ्गा नगरपालिका-३ ठेगाना भएका  ३० वर्षिय दिपक कुमार भगतलाई टोखा नगरपालिका-१० सामाखुसी चोकस्थित सडकबाट प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला चोकस्थित सडकबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ५७ एम्पुल, डाइजेपाम ५६ एम्पुल र फेनारगन ६० एम्पुल सहित बारा निजगढ नगरपालिका-९ ठेगाना भएका बिकेन्द्र सुवेदीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसगरी काठमाडौं महानगरपालिका-९ गौशलास्थित सडकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ८ एम्पुल, बुप्रेनोर्फिन ८ एम्पुल, र फेनारगन ८ एम्पुल सहित रौतहट चन्द्रनगर नगरपालिका-८ ठेगाना भएका विशाल बस्नेतलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।