macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

थप सात विभागमा प्रमुख देउवाले तोके

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

आर्थिक सञ्जाल । सोमबार,१९ फागुन २०७६

काठमाडौं  । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा थप सात विभागमा प्रमुख मनोनित गरेका छन् । सभापति देउवाले एनपी साउदलाई शुभेक्षुक संस्था, अम्बिका बस्नेतलाई वातावरण तथा विपत व्यवस्थापन, ईश्वरी न्यौपानेलाई महिला र केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभागको प्रमुख मनोनित गरेका हुन् ।    मोहनबहादुर बस्नेतलाई खेलकुद, वीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय र हरिप्रसाद नेपाललाई शिक्षा विभाग प्रमुख मनोनित गरिएको छ । देउवाले सोमबार कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम थप ७ केन्द्रीय विभागहरुको प्रमुख मनोनयन गरेका हुन् ।

उता, बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने देउवाको यो निर्णयको चर्को विरोध गरेको छ । पौडेल समूहको विरोधको बावजुद देउवाले एकतर्फी निर्णय गरेको भन्दै उक्त समूहका नेताहरु रुष्ट छन् ।

१९ फागुन २०७६, सोमवार १८:०६ बजे प्रकाशित

NTA long ad