stcnepal long ad
global ime bank long

बैंकिङ कसूर मुद्दाका दोषी अदालतमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । बैंकिङ कसूर गरेको आरोपमा दोषी ठहर भई फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ ।

उच्च अदालत पाटनको विसं २०७७ चैतको फैसलाले दोषीठहर भई फरार रहेका बागलुङ घर भई काठमाडौँ बस्दै आएका नारायण आचार्यलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले जनाएको छ ।

उनलाई अदालतले १४ दिन कैद र रु २७ लाख ५० हजार जरिवाना हुने ठहर गरेको थियो । उक्त सजाय बेरुजू रही फरार रहेको आचार्यलाई आज काठमाडौँको गुर्जुधाराबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको सिआइबीका उपनिर्देशक एवम् प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिए।

यस्तै उच्च अदालत पाटनको फैसलाले बैंकिङ कसूर मुद्दामा दोषी ठहर गरी फरार रहेका काठमाडौँको शङ्खरापुर नगरपालिका–६ साँखुका कैलाशप्रसाद श्रेष्ठलाई पनि पक्राउ गरी अदालतमा पेश गरिएको सिआइबीले आज एक सूचना जारी गरी जनाएको छ ।

उनलाई अदालतले सात दिन कैद र रु ३० लाख जरिवाना हुने ठहर गरेको थियो । उनलाई काठमाडौँको सिनामङ्गलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस

IME Lifesidebar
kumari