stcnepal long ad
global ime bank long

नेपाल बंगलादेश बैंकको नाफामा आकर्षक वृद्धि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेपाल बंगलादेश बैंकको नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा बैंकको खुद नाफा ६३.०२% ले बढेर १ अर्ब ६३ करोड ८४ लाख ९ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब ५० लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यता, गत वर्ष २ करोड ८० लाख १५ हजार रुपैयाँ रहेको वितरणयोग्य नाफा यो वर्ष ९८ करोड ३२ लाख २९ हजार रुपैयाँ पुगेको छ ।

बैंकको सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो । यसअवधिमा सञ्चालन नाफा ५६.४०% ले बढेर २ अर्ब २८ करोड ८५ लाख ३५ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसले १ अर्ब ४६ करोड ३२ लाख ९ हजार रुपैयाँ मात्रै सञ्चालन नाफा कमाएको थियो । यता, खुद ब्याज आम्दानी भने ७.३५% ले घटेर १ अर्ब ९८ करोड ३५ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ ।

खराब कर्जा ०.८५% ले घटेर १.९१% मा आएको छ । अघिल्लो वर्ष खराब कर्जा २।७६५ थियो । प्रतिसेयर आम्दानी २४ रुपैयाँ १७ पैसा प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ८६ पैसा छ । चुक्ता पुँजी ९ अर्ब ४८ लाख २१ हजार रुपैयाँ र जगेडा कोषमा ४ अर्ब ७८ करोड ३९ लाख २४ हजार रुपैयाँ छ ।

IME Lifesidebar
kumari