सिद्धार्थ बैंकको खुद नाफा ५४.१२% वृद्धि
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा राष्ट्रिय सिद्धार्थ बैंकको खुद नाफा ५४.१२% ले बढेको छ । यसअवधिमा बैंकले २ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
गत वर्ष बैंकले १ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ८३ करोड १४ लाख रुपैयाँ रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी ६.०२% ले घट्दा सञ्चालन नाफा भने ५०.७५% ले बढेको छ । बैंकले निक्षेप संकलन ३२.१९% र कर्जा लगानी २३.०४% ले बढाउन सफल भएको छ ।
यता, खराब कर्जा पनि २.२४% बाट घटेर ०.८८% मा सीमित भएको छ । सिद्धार्थको प्रतिसेयर आम्दानी २५ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ८९ पैसा छ ।























