आइएमई जनरल इन्स्योरेन्सको आज वार्षिक साधारण सभा
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा आजवैशाख १२ गते बस्दैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले गत वर्षको नाफाबाट ७% बोनस सेयर र कर तिर्न ०.३७% नगद लाभांश वितरण गर्ने एजेन्डा पेश गर्दैछ ।
बोनस सेयर वितरण गरेपछि कायम चुक्ता पुँजीबाट ४०% हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि छ । यस्तै, कम्पनीले सेयर संरचना पनि परिवर्तन गर्ने एजेन्डा पनि छ । हाल कायम संस्थापक सेयर स्वामित्व ६०% बाट ५१% मा झार्ने र सर्वसाधरणको सेयर स्वामित्व ४०% बाट ४९% पुर्याउने प्रस्ताव पनि पारित गर्दैछ ।
सभा प्रयोजनको लागि कम्पनीले वैशाख २ गतेदेखि आजसम्म बुक क्लोज गरेको छ । चैत ३१ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्नेछन् ।























