सिभिल बैंकले तेस्रो त्रैमाससम्ममा ५० करोड २५ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल
काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५० करोड २५ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.३९ प्रतिशतले बढी हो । गत वर्ष सिभिले ३६ करोड ५ लाख रुपैयाँ रुपैयाँमात्र नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी भने १ अर्ब ७० करोड ८९ लाख रुपैयाँबाट ९.८७ प्रतिशत घटेर १ अर्ब ५४ करोड रुपैयाँमा आएको छ ।
वैधानिक रिजर्भ १२ करोड ५२ लाख ६८ हजार तथा नियामकीय रिजर्भमा ६ करोड ९४ लाख रुपैयाँ स्थानान्तरणपछि सिभिलको वितरणयोग्य मुनाफा ११ करोड ६ लाख रुपैयाँबाट बढेर ३० करोड ७७ लाख रुपैयाँ पुगेको छ ।
नेट ट्रेडिङ आम्दानी भने २२।४९ प्रतिशतले बढेर १६ करोड ८९ लाख २२ हजार पुगेको छ । अन्य सञ्चालन आम्दानी पनि ८६.०९ प्रतिशतले बढेर ८ करोड ७१ लाख ८७ हजार रुपैयाँ पुगेको छ ।
जोखिम व्यवस्थापन कोष पनि ३१ करोड १ लाख रुपैयाँबाट घटेर १७ करोड ७३ लाख ३१ हजारमा आएको छ । यता, कर्मचारी खर्च ०।२९ प्रतिशतले घटेर ७६ करोड ५३ लाख रहेको छ भने अन्य सञ्चालन खर्च ६.९७ प्रतिशत घटेर ३७ करोड २३ लाख रुपैयाँ कायम भएको छ । ८ अर्ब ६४ करोड ३६ लाख रुपैयाँ चुक्ता पुँजी भएको यस बैंकको जगेडा कोषमा १ अर्ब ४९ करोड १८ लाख रुपैयाँ सञ्चित छ ।
बैंकले निक्षेप ५७ अर्ब ५१ करोड रुपैयाँबाट बढेर रुपैयाँ ८५ अर्ब २५ करोड पुर्याएको छ भने कर्जा पनि ५२ अर्व २० करोड ४२ लाखबाट बढेर ७७ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।
निष्कृय कर्जा अनुपात २.९६ प्रतिशबाट घटेर १.१३ प्रतिशतमा झरेको छ । सिभिलको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७५ पैसा, मूल्य आम्दानी अनुपात ३०.७ गुणा, प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ३० पैसा रहेको छ ।





















