stcnepal long ad
global ime bank long

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बन्द

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौ । बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका सेवा बन्द भएका छन् । अस्पतालमा कार्यरत कर्मचारीहरुमा कोरोना देखिएपछि अस्पतालका आकस्मिकबाहेक सबै सेवा बन्द गरिएका हुन् ।

कर्मचारीको पीसीआर परीक्षण गर्दा ९० प्रतिशत डाक्टर, स्टाफ नर्स, प्रशासनिक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ ।अस्पताल प्रशासनले सूचना निकालेर आजदेखि वैशाख १८ गतेसम्म इमरजेन्सी बाहेक सेवा बन्द गर्ने उल्लेख गरेको छ ।

बिरामीलाई पर्न गएको असुविधाप्रति अस्पतालले क्षमा मागेको छ । पछिल्लो समय बाँकेमा कोरोना संक्रमित बढेका छन् । यस्तै जिल्लामा कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि बाँकेको कोहलपुर नगरपालिकामा आजदेखि लकडाउन गरिएको छ ।

IME Lifesidebar
kumari