stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ठगी मुद्दाका फरार प्रतिवादी बडु पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल आइतबार, १८ फागुन २०७६

काठमाडौं । ठगी मुद्दाका फरार प्रतिवादी बैतडी दशरथचन्द नगरपालिका १ बस्ने रमेश बडुलाई ललितपुरको नख्खुबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७५ कात्तिक १६ गतेको फैसलाले ठगी मुद्दामा २ महिना ४ दिन कैद र २ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै रमेशले नेपाली सेनामा कार्यरत एक कर्मचारीलाई शान्ति सेनामा पठाइ दिने भनी बिश्वास दिलाई २ लाख ५० हजार रुपैयाँ र राष्ट्रिय अनुसन्धानमा जागिर लगाई दिन्छु भनी २ जनासँग २४ लाख रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।
रमेशलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको उक्त महाशाखाले जनाएको छ ।

prabhu mahalaxmi
kumari