अवैध लागूऔषध गाँजा सहित पक्राउ

आर्थिक सञ्जाल आइतबार, १८ फागुन २०७६
धादिङ । बेनिघाट रोराङ गाउँपालिका ९ माझीटार स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ९ सय ग्राम सहित स्याङजा पुतलीबजार नगरपालिका १४ बस्ने जोन रानालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी जोगीमाराबाट खटिएको प्रहरीले ग.१६ प ९०२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटर चालक रानालाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।