stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कोरोना विरुद्धको खोप अभियानमा अफ्रिका छायाँमा, अहिलेसम्म दुई प्रतिशतलाई खोप लगाइयो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । अफ्रिका कोरोना विरूद्धको विश्वव्यापी खोप अभियानको ‘किनारमा’ रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अफ्रिकामा खोपको आपूर्ति, बजेट अभाव र व्यवस्थापकीय कमजोरीहरू उदृत गर्दै डब्ल्यूएचओका अफ्रिका क्षेत्रीय निर्देशक मत्शिदिसो मोतीले अफ्रिकामा खोप अभियानको सुस्त गतिलाई ‘अपर्याप्त आपूर्ति, आर्थिक सहयोग र योग्य कर्मचारीको अभाव’ का कारण सिर्जित परिणाम भन्नुभएको छ ।

‘भर्चुअल’ माध्यमबाट गरिएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले विशेष गरी कोभ्याक्स विश्वव्यापी खोप बाँडफाँड सुविधा अन्तर्गत भारतबाट भ्याक्सिनको निर्यात सुस्त भएको जानकारी गराउनुभयो ।

डब्ल्यूएचओ अफ्रिकाको पछिल्लो तथ्याङ्क अनुसार महामारीबाट अफ्रिका सबैभन्दा कम प्रभावित भएको छ । संयुक्त राष्ट्रसंघ बाल कोष (यूनिसेफ) को पूर्वी र दक्षिणी अफ्रिका क्षेत्रका प्रमुख मोहम्मद मलिक फालले ‘रेफ्रिजरेसन आवश्यकता अनुसार गाडीको उपलब्धतामा समस्याका साथै अन्य व्यवस्थापकीय समस्याका कारण पनि अफ्रिकामा खोप अभियान ढिलो भएको हो । उहाँले भन्नुभयो, यी समस्याहरूले गर्दा अभियान नै समस्यामा परेको छ । यद्यपि कोभ्याक्स कार्यक्रममार्फत खोपहरू अब ‘सबै अफ्रिकी देशहरुमा आइपुगेको र सुधार क्षमता र वितरण क्षमताको लागि अपील गरिएको फालले बताउनुभयो । रासस

 

prabhu mahalaxmi
kumari