महानगरीय ट्राफिक महाशाखा परिसरभित्र नवनिर्माण हुने मेश भवन शिलान्यास

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बिहीबार, १५ फागुन २०७६

काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले महानगरीय ट्राफिक महाशाखा रामशाहपथको हाताभित्र नवनिर्माण हुने प्रहरी मेश भवनको बुधबार आयोजित एक कार्यक्रमबीच शिलान्यास गर्नुभयो । साथै उहाँले ट्राफिक प्रहरी महाशाखालाई १ थान वासिङ मेशिन समेत हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले प्रहरीको मेश सुधार गर्ने क्रममा नयाँ भवन निर्माण गर्ने लक्ष्य अनुरूप ट्राफिक महाशाखामा नयाँ भवन निर्माण गर्न लागिएको जानकारी दिँदै प्रहरी कर्मचारीहरूको व्यारेक, पानी, शौचालय लगायतको व्यवस्थापनमा आफैले भूमिका खोज्नुपर्ने बताउनुभयो । विद्यमान समस्याहरू समाधान गर्दै प्रहरी कर्मचारीहरूका लागि सुविधाहरू थप्दै लैजाने लक्ष्य अनुरूप ट्राफिक प्रहरी महाशाखालाई वासिङ मेशिन हस्तान्तरण गरिएको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले लुगा धुन र नुहाउन पनि फुर्सद नहुने अबस्थामा उक्त वासिङ मेशिनले ट्राफिक प्रहरीलाई निकै सहज हुने विश्वास व्यक्त गर्नुभयो । साथै मियामा ईलेक्ट्रिक स्कुटर सोरूमले दिएको १ थान ईलेक्ट्रिक स्कुटरले सवारी साधनमा आरक्षण सिट लागू भए नभएको अनुगमनको लागि खटाइने उहाँले जानकारी दिनुभयो ।

सो अवसरमा प्रहरी उपरीक्षक राजकुमार बैदवारले प्रहरी प्रधान कार्यालयबाट विनियोजित कूल १२ लाख ७३ हजार ८ सय ८६ रूपैयाँको लागतमा ४५ दिन भित्रनै उक्त भवनको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । उक्त मेश भवन सुविधा सम्पन्न, वातावरण मैत्री, स्वच्छ र सफा हुने सो कार्यक्रममा जानकारी गराइयो ।

 

IME Lifesidebar
kumari