stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड–२०१८ महालक्ष्मी विकास बैकलाई

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

 

सार्क राष्ट्रहरुको लेखाव्यवसायलाई नियमन गर्ने निकायहरुको छाता संगठन साउथ एसिएन फेडेरेशन अफ एकाउन्ट्स
(साफा) द्वारा दक्षिण एसियाली राष्ट्रका वित्तीय सेवा क्षेत्रका संस्थाहरुकोे वार्षिक प्रतिवेदनको मुल्यांकन गरी प्रदान गरिने साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड– २०१८ सर्टिफिकेट अफ मेरिटबाट महालक्ष्मी विकास बंैक लिमिटेड पुरस्कृत भएको छ ।
बैंकले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्ट्स अफ नेपालबाट २०१८ को उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड जित्न सफल भएसँगै सार्क राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरु मध्येबाट उत्कृष्ट बन्दै वित्तीय सेवा क्षेत्रका बैकका तर्फबाट मेरिट सर्टिफिकेट हासिल गर्न सफल भएको छ ।
गत नोभेम्बर ३०, २०१९ तारिखमा बङगलादेशको ढाकामा बङगलादेशका वाणिज्य मन्त्री टिपु मुन्सिएमपिले बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेलाई उक्त सर्टिफिकेट हस्तान्तरण गर्नु भएको थियो । आगामी दिनहरुमा संस्थाको पारदर्शिता, जवाफदेहिता र सुशासनमा अभिवृद्घि गरी अझै उत्कृष्ट बार्षिक प्रतिवेदन प्रस्तुत गर्न बंैक सधै प्रयासरत रहने जनाएको छ ।

prabhu mahalaxmi
kumari