citizens life insurance long ad
stcnepal long ad

विजय लघुवित्तको खुद नाफा २८.७४% ले बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा विजय लघुवित्तको खुद नाफा २८.७४% ले बढेर ७ करोड २९ लाख १३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा संस्थाले ५ करोड ६६ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकाले नाफा बढ्न सहयोग पुगेको हो ।

खुद ब्याज आम्दानी २३५ ले बढेर १५ करोड ५४ लाख ३५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा संस्थाले १२ करोड ६३ लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै, सञ्चालन नाफा ६.६६% ले बढेर ८ करोड ५५ लाख ५८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाले ८ करोड २ लाख ११ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

यता, खराब कर्जा भने ०.५८% ले बढेर ३.२१% पुगेको छ । अघिल्लो वर्ष खराब कर्जा २.६३% थियो । पुस मसान्तसम्म प्रतिसेयर आम्दानी वार्षिक ५४ रुपैयाँ ७० पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ २१ पैसा छ । विजयाको चुक्ता पुँजी २६ करोड ६५ लाख ९७ हजार रुपैयाँ र जगेडा कोषमा १२ करोड८५ लाख २३ हजार रुपैयाँ छ ।

IME Life
kumari