हिमालयन डिष्टिलरीको नाफा ५६.५४% ले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन डिष्टिलरीको नाफा ५६.५४% ले बढेर ३९ करोड ७६ लाख ४८ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष यसैअवधिमा यसले २५ करोड ४० लाख २० हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले खर्चमा मितव्ययीता अपनाउदै गएको देखिन्छ । गत वर्षको तुलनमा सञ्चालन लगायतका खर्च घटेको छ ।
खर्च घटेपछि नाफा बढ्न सहयोग पुगेको हो । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको मदिरा बिक्रीबाट हुने आम्दानी ३३.९२% ले बढेर १ अर्ब ४४ करोड ७७ लाख ८० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाले मदिरा बिक्रीबाट १ अर्ब ८ करोड १० लाख १९ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
तथापि, कोभिड महामारीको न्यूनीकरणसँगै विस्तारै बजार खुल्दै गएको भएता पनि उपभोगक्ताहरुको आय स्रोतमा आएको ह्रास र अझै महामारीको जारी भएका कारणबाट मदिरा बिक्री वितरण प्रभावित भएको कम्पनीले जानएको छ ।
संस्थाको वार्षिक प्रतिसेयर आम्दानी ९१ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ८३ पैसा रहेको छ ।

























