धादिङको धार्केमा एभरेष्ट बैंकको १०१ औं शाखा
काठमाडौं । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रमलाई निरन्तरता दिँदै धादिङको धुनिबेसी नगरपालिका धार्केमा १०१ औं नयाँ शाखा खोलेको छ । उक्त शाखाको उद्घाटन धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र एभरेष्ट बैंकका नायव महाप्रवन्धक डा. सन्धिर कुमारले संयुक्त रुपमा गरेका हुन् ।
एभरेष्ट बैंकले फराकिलो आन्तरीक तथा विश्वव्यापी सञ्जालमार्फत व्यावसायिक र उत्कृष्ट बैकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ । सबै वर्ग तथा क्षेत्रहरुमा भरपर्दो बैकिङ्ग सुविधा पुर्याउने प्रयास स्वरुप यस बैंकले देशका विभिन्न क्षेत्रहरुमा शाखा स्थापना गर्ने कोशिस गरिरहेको छ ।
उक्त समारोहमा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, धुनिबेसी नगरपालिका वडा नं ६ का अध्यक्ष कान्छा तामाङ लगायत बैंकका उच्च अधिकारीहरु, विभिन्न क्षेत्रका प्रतिनिधिहरु र ठुलो संख्यामा स्थानीयको समेत उपस्थिति रहेको थियो ।
हाइवेसंगै रहेको यस शाखामा एटीएम सेवा २४ घन्टा खुल्ला रहनेछ जसबाट ग्राहकलाई अझै सुविधा पुग्ने बैंकले बिस्वास लिएको छ । धार्के तथा यस आसपासका बासिन्दाहरुले अब यस शाखामार्फत आधुनिक पूर्ण बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्नेछन् ।


























